विद्यालयमा विपद व्यवस्थापन सम्बन्धी अभिमुखिकरण

877 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

फुलखर्क-युएसएडको आर्थिक सहयोग तथा केयर नेपालसंगको साझेदारीमा सहयात्री समाज नेपालद्धारा सञ्चालित हरियो बन कार्यक्रम अन्र्तगत विद्यालयहरुमा विपद व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम विभिन्न गाविसमा शुरु भएको छ । जस अन्र्तगत फुलखर्क गाविसमा  विद्यालयमा विपद व्यवस्थापन सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
sahayaatrai foolkharka copyविद्यालयमाहरुमा विपद जोखिम मापन गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा फुलखर्क गाविस भित्र रहेका दश वटा प्राथमिक विद्यालय, एक उच्च माध्यमिक विद्यालय र एक निम्न माध्यामिक विद्यालयका व्यवस्थापन समितिका प्रतिनीधि, विद्यालयका प्रअ तथा प्रतिनीधि र एक एक जना विद्यार्थी गरि ३४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा विपद के हो ? कसरी सामना गर्ने ? विपदसंग लड्ने क्षमता कसरी तयार पार्ने ?र विद्यालयहरुमा बिपदको जोखिम सामना गर्ने कस्तो संरचना छ भन्ने बारेमा छलफल गरिएको थियो । कार्यक्रममा  विद्यालयमा स्वास्थ्य सरसफाइ सम्बन्धी योजना निमार्ण गरिएको छ । यस योजना निमार्णले विद्यालयमा गर्ने सरसरफाई कार्यक्रमलाई प्रभावकारी बनाउन सजिलो भएको विद्यालयका प्रधानअध्यापकहरुले बताउनुभएको छ । कार्यक्रमलाई सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटा र कार्यक्रम व्यवस्थापक रमेश अधिकारीले सहजीकरण गर्नुभएको छ ।