यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम

1106 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

imagesधादिङको सल्यानटार गाविस वडा नं ७ मा दुई दिने यौन तथा प्रजनन अधिकार सम्बन्धी तालिम मंगलबार देखि सुरु भएको छ । किशोर किशोरीहरुलाई यौन तथा प्रजनन अधिकारका बारेमा जानकारी दिने, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा सचेत बनाउने र शारीरिक, मनोबैज्ञानिक परिवर्तन र आइपर्ने समस्या समाधान गर्न सक्ने क्षमताको विकास गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । कार्यक्रममा सल्याटार गाविस भित्रका दुई वटा माध्यमिक विद्यालय र तिन वटा निम्न माध्यमिक विद्यालयका ३० जना किशोर किशोरीको सहभागिता रहेका छन् । कार्यक्रममा लैगिंक हिंसा, हिंसाको कारण, असर र कानुनी व्यवस्था, यौन तथा प्रजनन स्वास्थ्यका बारेमा प्राथमिक स्वास्थ्य चौकी सल्यानटारका रुपा अधिकारी र सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटाले सहजीकरण गर्नुभएको थियो । युएसएडको आर्थिक सहयोग तथा केयर नेपालसंगको साझेदारीमा सहयात्री समाज नेपालद्धारा सञ्चालित हरियो बन कार्यक्रम अन्र्तगत तालिमको आयोजना गरिएको हो ।