धार्केको तरकारी बजार सञ्चालन ल्याइने

738 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२७  जेठ ( धादिङन्युज ) ।  तरकारी वजार व्यवस्थापनका लागि सरकारी प्रयासमा भौतिक पर्ुवाधार तयार पारिएको बर्षौ बितिसक्दा पनि संचालन आउन नसकेको धादिङको धार्केमा रहेको सरकारी स्वामित्वको कृषि उपज वजार संचालनमा ल्याइने भएको छ ।
कृषि बजार बिकास निर्देशनालय हरिहर भवन ललितपुरको स्वामित्वमा रहेको धादिङको नौबिसे गाविस वडा नम्बर -१ चालिसेको ३६ रोपनी क्षेत्रफलमा फैलिएको धार्के कृषि उपज  बजार संचालनमा ल्याउन पहल शुरु भएको हो । कृषि उपज बजारलाई व्यवस्थित ढंगवाट संचालनमा ल्याउन बजार बिकास निर्देशनालयले जारी गरेको बजार सञ्चालन निर्देशिका २०५३ संसोधन वमोजिम कृषक प्रतिनिधि निराजन रेग्मीको अध्यक्षतामा नौ सदस्यिय बजार सञ्चालक समिति गठन गरिएको छ । समितिमा कृषकहरुको तर्फाट सदस्यमा कृष्ण रेग्मी,नानिवाबु तिवारी व्यवसायी प्रतिनिधिमा रामकुमार रुपाखेती,ध्रुव रेग्मी,मधुसुदन अधिकारी रहेका छन । त्यसैगरि नौविसे गाविसका सचिव र जिल्ला कृषि विकास कार्यालयका प्रतिनिधि सदस्यमा र कृषि सेवा केन्द्र नौविसेका प्रमुख सदस्य सचिवमा रहने छन ।
बजार सञ्चालनको लागी स्थानिय तहवाटबारम्बार प्रयास गरिएपनि जग्गाको स्वामित्व बजार बिकास निर्देशनालय हरिहर भवन ललितपुरको नाममा रहेको र वर्षौदेखि उपभोगविहिन अवस्थामा रहिरहेकाले बजार सञ्चालनमा आउन सकेको थिएन ।  कृषिउपज संकलन र बिक्रि बितरणको लागी प्रसस्तै जग्गा भएपनि स्वामित्व प्राप्त निकाय स्थानीयस्तरमा नरहेका कारण वजार व्यवस्थापन गर्न नसकिएकोमा समितिको गठन गरि प्रकृया अघि बट्नु परेको समितिका अध्यक्ष रेग्मीले वताए । काठमाण्डौको वजारमा बिक्रि गर्ने ताजा तरकारी तथा फलफूल संकलनका लागि २०४४  सालमा ३६ रोपनी जग्गा अधिकरण गरी भवनको समेत निर्माण गरिएको थियो ।
व्वस्थित तरकारी बजार संचालनमा आउने भएपछि स्थानीय किसानहरु खुसियाली भएका छन ।  बजार सञ्चालनको लागी लगभग सबै तयारी पुरा भएको र केहि प्रकृया बाकी रहेकोले त्यसलाई चाँडैनै पुरा गरी बजार सञ्चालन गरिने नबगठित सञ्चालक समितिका अध्यक्ष रेग्मीले बताए ।