प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीको शुभकामना

507 पटक पढिएको

सम्पादक: Dhading News

kpकाठमाडौँ, ७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले सङ्घर्षबाट जहानियाँ निरङ्कुश शासनको अन्त्य गर्दै प्रजातन्त्र प्राप्त गरेको ऐतिहासिक दिनको उपलक्ष्यमा नेपाली दाजुभाइ तथा दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

लोकतन्त्र, न्यायपूर्ण, स्वतन्त्र र समुन्नत नेपाल निर्माणका लागि २००७ सालअघि र त्यसपछिका जनआन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात सहिदप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै प्रधानमन्त्री ओलीले जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध प्रजातन्त्रका सेनानीप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ ।

आधुनिक नेपालको राजनीतिक इतिहासमा फागुन ७ गतेको विशिष्ट महत्व रहेको बताउँदै उहाँले जनाधिकार पुनः प्राप्तिका लागि पटक पटक भएका सशस्त्र र शान्तिपूर्ण आन्दोलन, नेपाली जनताले लोकतन्त्र र समुन्नत समाज स्थापनाका लागि गरेका दुख, कष्ट, त्याग र सङ्घर्ष तथा विशेषतः २०४६ तथा २०६२÷६३ को शान्तिपूर्ण जनआन्दोलनमा नेपाली जनताले गरेको बलिदानको परिणामस्वरुप प्राप्त उपलब्धिका कारण अहिले मुलुक समावेशी लोकतन्त्र र सङ्घीयतासहितको गणतान्त्रिक संरचनामा प्रवेश गरेको उल्लेख गर्नुभएको छ ।

सात सालदेखि नेपाली जनताले गरेको सङ्घर्षको परिणाम जननिर्वाचित संविधानसभाबाट २०७२ साल असोज ३ गते नेपाली जनताका आप्mनै प्रतिनिधिद्वारा लेखिएकोे संविधान जारी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले संबिधानले सबै नेपालीलाई समान अधिकार प्रदान गरेको तथा राजनीतिक मात्र होइन आर्थिक, सामाजिक, सांस्कृतिक हक सुनिश्चित गरेको बताउनुभएको छ ।

संविधानको कार्यान्वयनसँगै अब मुलुक आर्थिक÷सामाजिक विकासको दिशामा अघि बढेको बताउँदै सन्देशमा प्रधानमन्त्री ओलीले संविधान जारी भएपछि यसका केही प्रावधानलाई लिएर प्रकट भएका असन्तुष्टि, असहमति र गुनासाको सम्बोधनका लागि वार्ता र संवाद भइरहेको र संविधानको पहिलो संशोधनबाट ती असन्तुष्टि आधारभूत रुपमा सम्बोधन भएको बताउनुभएको छ ।

प्रधानमन्त्रीले कहीँ कतै केही असहमति वा गुनासा भए वार्ता र संवादकै माध्यमबाट सम्बोधन गर्न सकिने धारणा व्यक्त गर्नुभएको छ ।