सहकारी संघ धादिङले पूर्णता पायो, सचिवमा विष्णुप्रसाद कोइराला निर्वाचित

655 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sahakari sang dhadingधादिङ । जिल्ला सहकारी संघ धादिङले पूर्णता पाएको छ । संघको माघ २९ गते भएको १६ औं साधारणसभाले सचिव र कार्यसमिति सदस्य बाहेकका पदाधिकारी सर्वसम्वत गरेको थियो ।

सचिव र सदस्यहरुलाई पनि सर्वसम्वत गराउने प्रयास सफल नभएपछि शनिवार निर्वाचन भएको थियो । सचिव पदमा ४ जनाको उमेदवार परेको थियो थियो । चारजना मध्ये सबैभन्दा बढी ४८ मत ल्याई विष्णुप्रसाद कोइराला निर्वाचित भएका हुन् । राजेन्द्र बस्नेत, सीतादेवी खनाल र उमेश दाहाललाई पछि पार्दै कोइराला विजयी भएका हुन् । त्यस्तै ७ सदस्यीय कार्यसमिति सदस्यमा राजेन्द्र दाहाल, भवानी तिमिल्सेना, युवराज थपलिया, कमलराज कडेँल, राजेन्द्र अधिकारी, भवानी उप्रेती र रामचन्द्र अर्याल विजयी भएका छन् ।

सदस्य पदमा १२ जनाको उमेदवार परेको थियो । जिल्ला सहकारी संघ धादिङको गत २९ गते सम्पन्न साधारणसभा तथा अधिवेशनले अध्यक्षमा नेत्रराज पौडेल, उपाध्यक्षमा गंगादत्त तिमिल्सेना र गंगा विसुराल र कोषाध्यक्षमा टंकनाथ शर्मा सर्वसम्मत चयन गरेको थियो ।