स्थानीय निकायमा अनियमितता बढ्दै

629 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,२७  जेठ ( धादिङन्युज ) ।    स्थानीय निकाय जनप्रतिनिधि विहिन भएका कारण विकास निर्माणका कामहरु प्रभावित हुनुका साथै अनियमितता वढ्दै गएको सरोकारवालहरुले वताएका छन ।
दक्षिण एसियाली पत्रकार संघ- साफ्मा नेपाल) द्धारा आईतवार धादिङबेसीमा आयोजित जनप्रतिनिधि विहिन स्थानीय निकाय र पत्रकारिताका चुनौती बिषयक अन्तरक्रिया कार्यक्रममा वोल्दै स्थानीय निकायमा जनप्रतिनिधि नभएका कारण स्थानीय तहले सरकारविहिनताको महसुुस गर्नुपरेको वताईएको थियो ।
साफ्मा नेपालका सचिव गोपाल खनालद्धारा प्रस्तुत अवधारणा पत्र माथि छलफल गर्दै सहभागीहरुले स्थानीय तहमा प्रजातन्त्रको अवशान भएको टिप्पणी गरेका थिए । जनप्रतिनिधि नभएको वेलामा हुने समस्याहरुलाई संचारमाध्यम र पत्रकारले शशक्त भएर खोजी गर्नुपर्नेमा अलमलिएको गुनासो सहभागीहरुको थियो । साफ्मा नेपालका महासचिव निर्मला शर्माको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका प्रमुख राजनैतिक दल, विभिन्न सामाजिक संघ संस्था,संचारमाध्यमका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
स्थानीय निकायमा अनियमितता बढ्नुमा मुख्य राजनैतिक दलहरुनै जिम्मेवार रहेको खनालको कार्यपत्रमा उल्लेख गरिएको छ ।