‘कुल माइन्ड’ पर्यटन र समाज विकास

618 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

11032517_10206492134450605_221889714683190046_nकुलबहादुर गुरुङ
अध्यक्ष, गणेश हिमाल पर्यटन विकास समिति

गत एक साँझमा उनले बोलाएकै समयमा ठमेलमा रहेको एलायन्स ट्रेक एण्ड एक्स्पिडिसन कम्पनीको कार्यालयमा पुग्दा उनी त्यहाँ थिएनन् । समाज विकास र पर्यटन विकासमा दिनरात नभनी खटिरहने उनी त्यसदिन पनि समाजकै लागि लागिरहेका रहेछन् ।
‘फ्रान्सबाट १० जना विद्यार्थी आएका थिएँ । गाँउमा विद्यालय भूकम्पले भत्काएर कन्तोकविजोग छ । ती विद्यार्थीहरुलाई विद्यालय बनाउन सहयोग गर्न पठाउनकोलागि सामग्रीहरु व्यवस्था गर्न लागेको ढिला भयो । कुराएकोमा क्षमा चाहन्छु । उनले भने ।’
‘बैशाख १२ मा आएको भूकम्पपछि उनको समय सामाजिक कार्यमै बढी खर्चिएका छन । भूकम्पले ठूलो क्षती पुरायो । अहिलेसम्म सरकारले कुनै दीर्घकालीन व्यवस्था गर्न सकेको छैन । दिनप्रतिदिन जाडोबाट कंठाग्रिएर मृत्यु हुनेको संख्या बढ्दो छ । गाँउतिरका बासिन्दाको अवस्था हेर्दा आँसु आउने विजोग छ । विद्यालय भत्किएका छन् । विद्यार्थीहरु खुल्ला आकाशमा बसेर पढ्न वाध्य छन । कुनै ठाँउतिर त खानेकुराको पनि अभाव छ । हामीले धेरै त गर्न सक्दैनौं तर जति सक्छौं गर्नुपर्दछ ।’ उनले भने, ‘गर्ने भनेको यस्तै बेलामा हो ।’ उनी भूकम्प आएपछि प्रभावित आधा दर्जन जिल्लामा राहत सामग्री लिएर पटक–पटक पुगेँ । पछिल्लो समयमा भने उनी आफ्नै गृहजिल्लामा केन्द्रित छन् । ‘मनले त सबै जिल्लामा पुग भन्छ तर स्रोत  साधन र समयले साथ नदिएपछि गाह्रो हुँदो रहेछ ।’ उनले आफ्नो अनुभव सुनाए ।

धादिङ जिल्लाको उत्तरी विकट गाविस सेर्तुङमा सामान्य परिवारमा जन्मिएर २०४६ सालको जनआन्दोलनपछि काठमाडौंमा प्रवेश गरेका कुलबहादुर गुरुङ सफल पर्यटन व्यवसायी र समाजसेवीका रुपमा चिनिएका छन् । अधिंकास पर्यटन संघसंस्थासँग जोडिएर पर्यटन विकासमा लागिरहेका कुलबहादुर दर्जनौं सामाजिक संघ संस्थामा समेत रहेर समाजको लागि दिनरात नभनि खटिरहेका छन् । धेरैले अहिले उनको सफलतालाई हेर्छन् । लोकप्रियतालाई हेर्छन । उनी बस्ने घरलाई हेर्छन् । कार्यालयलाई हेर्छन् । उनी चढ्ने गाडिलाई हेर्छन् । उनको मास्र्टस डिग्रीलाई हेर्छन् । उनको सामाजिक कार्यलाई हेर्छन् । उनको प्रंशसालाई मनन् गर्छन । खालीहात काठमाडौंमा छिरेका कुलबहादुरको सुरुवाती दिनमा प्रत्येक पाइलामा पसिना जोडिएको छ । तीनै पसिना कुलबहादुरको लागि सफलताको मार्ग बनेँ । उनी भन्छन, ‘म यो ठाँउसम्म आइपुग्नुमा चारवटा कुरा छ । मेहनत, इमान्दारिता, निरन्तरा र धैर्यता यी नै सफलताको आधार हो ।’

धादिङबाट आएर एउटा ट्रेकिङ कम्पनीमा सामान्य जागिरबाट पर्यटन क्षेत्रमा प्रवेश गरेका गुरुङले एउटै कम्पनीमा भारी बोक्नेदेखि म्यानेजरसम्मको काम गरे । उनको गाँउबाट पर्यटन क्षेत्रमा लाग्ने उनै कुल पहिलो व्यक्ति हुन । अहिले उनको गाँउका अंधिकास युवाहरु पर्यटन क्षेत्रमा छन् । उनकै कम्पनीमा काम गरेकाहरु अहिले कम्पनी खोलेर पर्यटन व्यवसायी बनेका छन् । पर्यटन व्यवसायी एवंम कलाकार हिमाल घले भन्छन, ‘कुल नै हाम्रो गाँउबाट पर्यटन क्षेत्रमा प्रवेश गर्ने पहिलो व्यक्ति हुन । अहिले हामी पर्यटन व्यवसायी भएका छौं, यसको श्रेया उहाँलाई नै जान्छ ।’
कोमल भावनाका व्यक्तिहरुलाई आपूm राम्रो हुदैँ जाँदा समाज पनि राम्रो बनोस् । देश पनि राम्रो बनोस् भन्ने लाग्छ । पर्यटनमा फड्को मार्दै जाँदा कुलले सामाजिक क्षेत्रमा पनि सक्रियता बढाउँदै गए । गुरुङले भने, ‘विकट गाँउमा जन्मे हुर्किएर आएको मलाई यस्तो लाग्यो । आफ्नो प्रगति गरेर होइन, मेरो गाँउको विकास गरेर देखाउनु आवश्यक छ । यसैले पर्यटन क्षेत्रमा लागेर आर्थिक अवस्थालाई केही सुधारेदेखि नै मैले सामाजिक कार्यको थालनी गरेको हुँ ।’ उनको गाउँमा अहिले पनि मोटरबाटो पुगेको छैन । तर उनले मोटरबाटो पु–याउन नसकेता पनि विदेशी पर्यटकहरु पु-याउने बाटो बनाउनको लागि भने भूमिका खेलेँ । जसले गर्दा अहिले उनको गाउँ लगायत दर्जनौं गाँउहरु पर्यटकीय स्थल बन्दै गएका छन । टे«किङ जाने विदेशीहरुको रोजाइमा उक्त ठाँउ पर्न थालेको छ ।
कुलकै सक्रियतामा धादिङ जिल्लाको पर्यटनको विकास गर्ने उद्देश्य राखेर गणेश हिमाल पर्यटन विकास समिति गठन भएको थियो । अहिले उक्त  समितिले नै विभिन्न संघसंस्थासँग सहकार्य गरेर धादिङ जिल्लामा टे«किङ रुट बनाई रुबी भ्याली पर्यटकीय क्षेत्र बनाएको छ ।
स्थानिय युवा तथा ट्रेकिङ गाइड प्रदिप तामाङ भन्छन, ‘धादिङ जिल्लाको पर्यटन र सामाज विकासको लागि कुलदाईले असाध्यै योगदान गरेका छन् ।’ कुल बारम्बार जिल्लामा पुगिरहन्छन् । उनी जाँदा कहिल्यै खाली हात जाँदैनन् । उनी कहिले विद्यालयको लागि समाग्री त कहिले समाजको लागि शिविर लगायत केही ने केही सहयोग लिएर पुग्छन । विस्तारै उनले गरेका काम देखिदैछ । स्थानीयहरुको जीवनस्तर पनि उकासिदैछ ।’
बैशाख १२ को भूकम्पले उनको गाँउ ध्वस्त बनायो । एउटै घर पनि ठाडो रहेनन् । खाने अन्न केही रहेन । उनी त्यसताका टान कार्यसमितिमा थिए । उनले टान र विश्व साद्य संगठनसँगको सहकार्यमा धादिङका दुर्गम बस्तीमा राहत पुराउने काम गरे । मोटरबाटो नपुग्ने ४२ सय मिटरको उचाईमा रहेका बस्तीमा समेत उनले सयौं युवाहरु  परिचालन गरी राहत पु¥याइने कामको संयोजन उनैले गरे । त्यसपछाडि पनि उनी निरन्तर लागिरहेका छन । उनी भन्छन, ‘कोही व्यक्ति वा संघसंस्थाका सहयोग र कतै आफ्नै खर्चमा अहिले पनि गाउँघरमा राहत दिने कार्य गरिरहेको छु । पछिल्लो समयमा चाँही मेरो सक्रियता पुनःनिर्माणमा छ । विशेषगरी विद्यालय बनाउनेतिर केन्द्रित रहेको छु ।’ धादिङ जिल्लामा शिक्षा, स्वास्थ्य र वातावरण क्षेत्रमा काम गर्नको लागि उनले मिसन गणेश हिमाल अभियाननै सञ्चालन गरेर विभिन्न देशबाट आएका विद्यार्थीहरु परिचालन गरेर समेत काम गरिरहेका छन् ।
एक पर्यटन व्यवसायीका अनुसार सबैसँग मिलनसार गर्ने स्वभाव भएका कुलबाहदुरसँग सबैलाई मिलाएर अगाडि बढाउन सक्ने क्षमता छ । उक्त व्यवसायीले थपेँ, ‘पर्यटन क्षेत्रमा थुप्रै राजनैतिक आडमा खुलेका संघसंस्थाहरु छन । फरक व्यक्ति र फरक विचार हँुदा एकता छैन । एकता गराएर अगाडि बढाउनुपर्ने कार्यमा कुलबहादुरलाई नै सबैलाई एकता गराउनको लागि सबैले आग्रह गर्ने गरेका छने ।’ कांग्रेस निकट राष्ट्रिय पर्यटन व्यवसायी संघका सचिव रहेका कुलबहादुरको अहिले सोही संघबाट केही व्यक्तिहरु असन्तुष्ट भएर अर्को संघ खोल्न पुगेका छन् । ती साथीहरुलाई जसरी पनि एकता गराउनुपर्ने जिम्मेवारी उनको काँधमा छ । गुरुङले भने, ‘एकताविना केही पनि सम्भव छैन । त्यसैले एकता हुनैपर्दछ । आफुलाई चित्त नबुझेका कुराहरुको समाधान गर्दै जानुपर्दछ ।’

भूकम्प र नाकाबन्दीले पर्यटन व्यवसाय धरासायी बन्न पुगेको छ । सरकारी पक्षबाट पनि पर्यटनलाई सहयोग हुने कुनै प्रकारको कार्यक्रम खासै गरेको छैन । उनी भन्छन, ‘सरकारको मात्र मुख ताक्नु हुँदैन । हामी व्यवसायीको तर्फबाट जे जती सक्छौं गर्दै जानुपर्दछ । सुरुवात र काम त हामीले गर्ने हो । सरकारको तर्फबाट त नितिनियम बनाउने हो ।’ उनले थपे, ‘हामीले भर्खर मात्रै लाङटाङ क्षेत्रको दुईवटा वृतचित्र बनायौं । जसले भूकम्पपछाडि लाङटाङको अवस्था कस्तो छ भनेर देखायों । यस्तै सानातिना भएपनि हामीले सकेका काम गर्दै जानुपर्दछ ।’

कुलबहादुरले पर्यटनका अधिकांश संघसंस्थामा बसेर काम गरिसकेका छन । उनले सामाजिक तथा पर्यटन क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै विभिन्न संघसंस्थाले उनलाई सम्मान पनि गरेका छन । हालसम्म उनले ४२ वटा भन्दा बढी सम्मान पाइसकेका छन् । गुरुङ पर्यटन व्यवसायी संघ तथा गणेश हिमाल पर्यटन विकास समितिको अध्यक्ष रहेका उनी पछिल्लो समयमा गणेश हिमाल तथा रुवी भ्याली पदमार्गको विकासमा जोड दिएका छन । जसको फलस्वरुप उक्त ट्रेकिङ रुटमा आवश्यक सेवासुविधाको विकास भई पोडक्टको रुपमा बजारमा आइसकेको छ । पर्यटकको चाहना अनुसार छोटोमा पाँच र लामोमा दुईदेखि तीन हप्तासम्म यात्रा गर्न सकिने गरी विकास भैसकेको छ । अहिले पनि केही अपुग सुविधाहरु विकास गर्नको लागि उनी लगायत उनको कार्यसमिति लागि परेका छन् । सेवा सुविधाको विकाससँगै बजारीकरण गर्नको लागि पनि उनी सक्रिय छन । उनी भन्छन, ‘फेव्रअरी महिनामा पर्यटन व्यवसायीहरुलाई फार्मटिपमा लैजाँदैछु । जसले गर्दा पर्यटक पठाउन साथीहरुलाई प्रेरणा मिल्नेछ ।’

-नेपाली बुलेटिनबाट