धादिङ दार्खाका महिलाहरु मकै र आलु रोप्न गोरु जोत्न ब्यस्त

1210 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

d2

धादिङ १० फागुन । पुरुषहरु रोजगारका लागि विदेश गएपछि धादिङको पहाडी भेगका महिलाहरु आफैं हलो जोत्न लागि परेका छन् । मकै र आलु रोप्ने समय हुँदा धादिङ दार्खाका अधिकाम्स युबा तथा घर मुली साउदी, कतार, दुबइ,मलेसिया लगायतका देशहरुमा रोज्गारीको सिल्सिलामा गएपछि महिलाहरु आँफै हली बन्नु परेको हो ।


हल गोरु र हलीलाई दिनको २ हजार तिर्छु भन्दा पनि नपाएपछि आँफै हली बन्नु परेको महिलाहरु बताउँछन् । पहिले महिलाले गुरु जोत्न नहुने भन्ने मान्याता रहेको अहिले त्यस्तो मान्यताको अर्थ नरहेको भन्दै गोरु जोत्न थालेको दार्खा —२ बिर्चेतकी धन्माया तामाङले बताउनुभयो । यहाँका मानिस अधिकांस कृषिमा निर्भर छन् ।

पुरुषवादी सोचबाट चलेको मान्यताले समाजमा महिलालाई हलो जोत्नबाट रोकावट हुदै आएपनि अहिले त्यो  सोच र चिन्तन बदलिएको महिलाहरुको भनाइ छ । माओवादी शसस्त्र जनयुद्दको बेला धादिङ मार्पककी सुस्मा तामाङलाई गोरु जोतेको भन्दै गाउँबाट बहिस्कार गर्न धेरै जना लागी परेक थिए । तर अहिले बहिस्कार गरेर के गर्ने गोरु जोत्ने पुरुष नै गाउँमा नभएपछि ।


‘सबै काम महिलाले पनि गर्न सक्छ । हामीले सक्ने काम हामी आँफै पनि गर्नु पर्छ, पुरुषको मात्रै मुख ताकिन्न ।’ दार्खा –२, बिर्चेतकी धन्माया तामाङले भन्नुभयो ।

फोटो : मुना तामाङ