इजरायलमा वसन्त ऋतुको आगमनसँगै रंगीन काव्य उत्सव मनाइँदै

297 पटक पढिएको

प्रकाशित मिति: १५ फाल्गुन २०७२, शनिबार २१:४३

सम्पादक: धादिङ न्यूज

रंगीन मौसम वसन्त ऋतुको आगमन सँगै मनाइने रंगहरुको पर्व होली (फागु पुर्णिमा) र इजरायली रंगीन उत्सव ‘पुरिम’ Banner-INLSको अवसर पारेर इजरायलमा एक साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ ।

‘रंगीन काव्य उत्सव’ नाम दिइएको सो साहित्यिक कार्यक्रम यही आगामी मार्च १९ तारिख शनिबार तेल अभिभको एभेरेष्ट क्लबमा दिउँसो १२ बजेदेखि शुरु हुनेछ । इजरायलमा रहेका नेपालीहरुबाट गीत गज़ल कविता मुक्तक हाइकु लगायत विभिन्न विधाका छिटो समयमा प्रस्तुत गर्न सकिने रचनाहरु सुन्ने र सुनाउने कार्यक्रमका साथै इजरायल प्रवासमा बसेर हालसम्म कला, साहित्य र संगीत मार्फत आआफ्ना सिर्जनाहरु प्रस्तुत गर्दै आउनु भएका श्रष्टाहरुको योगदानको स्मरण र चर्चा पनि गरिनेछ ।

अन्तर्राष्ट्रीय नेपाली साहित्य समाज इजरायलले आयोजना गर्न लागेको सो कार्यक्रममा इजरायलमा रहेर विभिन्न उदेश्यले स्थापित अन्य सम्पूर्ण सामाजिक संघ संस्था, इजरायलमा रहनु भएका नेपाली कामदार, विद्यार्थी, गैर आवासीय नेपालीहरु, व्यवसायी, कवि लेखक कलाकार तथा सबै खाले प्रतिभाहरु र नेपाली भाषा साहित्यलाई माया गर्ने सम्पूर्ण नेपालीहरुको उत्साहजनक सहभागिता र उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरिएको छ । निमन्त्रणा पुग्न नसकेमा यही समाचारलाई आधार मानेर इजरायलमा हुन गइरहेको “रंगीन काव्य उत्सव” मा उपस्थित हुन समेत सम्पूर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गरिन्छ ।

कार्यक्रमलाई स्थानीय रेडियो तथा संचार माध्यमहरुले प्रत्यक्ष प्रसारण गर्नेछन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१५ फाल्गुन २०७२, शनिबार २१:४३ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

शंकास्पद गतिविधिको आशंकामा गल्छीका सुमन चितवनमा पक्राउ

चितवन । धादिङको गल्छी गाउँपालिका वडा नं १ घर भई चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने सम्राट भनिने २४ वर्षीय सुमन श्रेष्ठ पक्राउ परेका छन् । विप्लव नेत्तृत्वको नेकपा निकट रहेको अखिल (क्रान्तिकारी).....

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो १७४ अधिकृत स्तरका कर्मचारी

धादिङ-वाग्मती प्रदेशमा रहेका १३ जिल्लाका विभिन्न स्थानीय तहका लागि वागमती प्रदेश लोक सेवा आयोगले १७४.....

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाडौं- निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता.....

प्रहरीबाट वेनिघाटरोराङमा अफिम खेती फँडानी

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं १ स्थित विभिन्न गाउँमा लगाईएको प्रतिवन्धित अफिम खेती.....

माघ १४ गते देखि ७७ जिल्लाबाट एकसाथ कोरोना खोप अभियान शुरु गरिने

धादिङ-नेपालमा कोरोना खोप यही माघ १४ गतेदेखि लगाउन शुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका.....

Categories