ग्याँस उद्योगी शिब घिमिरेलाई अदालतमा उपस्थित हुन आदेश

651 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

b13063सुनसरी फागुन १६ । सुनसरी जिल्ला अदालतबाट ग्याँस तथा सिलीण्डरको अवैध कारोवार मुद्धाको फैसलामा अदालतको अवहेलना गरेको भन्दै ग्याँस उद्यागी शिबप्रसाद घिमिरेलाई मुद्या परेको छ ।

पटक पटक ताकेता गर्दा पनि अदालतको फैसलाको अवहेलना गरेको भन्दै सुनसरी जिल्ला अदालतका शाखा अधिकृत टिकेन्द्र विर जंग राणा समेतको कर्मचारीहरुले जिल्ला अदालतमा मुद्या दायर गरेका हुन् । कर्मचारीहरुले सुनसरी जिल्ला अदालतको आदेश उल्लङ्घन गरी अदालत बाट भएको फैसलाको मर्यादा नराखेको भन्दै अदालतको अन्तीम फैसला कार्यन्वयन गर्न माग गरेका छन् ।

घिमिरेका बिरुद्ध मुद्या दायरभएपछि तीन दिन भित्र अदालतमा उपस्थिती हुन आदेश दिएको छ ।
सुनसरी जिल्ला अदालतबाट मुद्धामा भएको अन्तीम फैसला बमोजिम जफत हुने ठहरिएका सिलिण्डर अदालतमा बुझाउन पटक –पटक तागेता गर्दा समेत उद्योगी शिव घिमिरेले सिलीण्डर बझुाउनु भएको थिएन ।
ग्याँस तथा सिलीण्डरको अवैध कारोवार मुद्धामा सुनसरी जिल्ला अदालत बाट २०६९ मंसिर ७ गते सुगम ग्याँस उद्योग प्रालिका सञ्चालक शिव घिमीरेसँग ९ सय ७८ थान सिलीण्डर जफत गर्न अन्तिम फैसला भएको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा २०६८ साउन ३० गते नेपाल सरकार वादी र प्रतिवादी शिव प्रसाद घिमीरे रहेको कालो बजार तथा केही सामाजिक अपराध भन्ने मुद्धा दायर भएको थियो । सो मुद्धामा ९ सय ७८ थान सिलीण्डरहरु र सुगम ग्याँस लेखिएको ३१ सय ९२ थान फुटरिङहरु जफत गर्ने फैसला भएको थियो ।
फैसला अनुसार जफत भएको ९ सय ७८ थान सिलीण्डरहरु र सुगम ग्याँस लेखिएको ३१ सय ९२ थान फुटरिङहरु जिल्ला प्रशासन कार्यालय सुनसरी र विभीन्न कार्यालयको प्रतिनीधीहरुको रोहवरमा शिव प्रसाद घिमीरेले २०६८ असोज १ गते बुभ्mुनु भएको थियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले २०७२ मंसिर १६ गते चनं २२३७ को पत्र पठाई सुनसरी जिल्ला अदालतलाई जानकारी समेत दिएको थियो ।
सोही मुद्धा बाट फैसला भए बमोजिम जफत गर्ने ठहरिएका ९ सय ७८ थान सिलीण्डरहरु लिएर ७ दिन भित्र अदालतमा उपस्थित हुन २०७२ मंसिर १३ गते सुनसरी जिल्ला अदालतले टिप्पणी आदेश जारी गरेको थियो ।
सुनसरी जिल्ला अदालतले पुनः दोस्रो पटक समेत ७ दिने म्याद जारी गर्दा दुवै पटक वारिस पठाएको थियो ।
तर शिव प्रसाद घिमीरेले तेस्रो पटक समेत मधेश आन्दोलनले यातायात नचलेको कारण देखाएर सिलिण्डर बुझाउनु भएको थिएन ।
सुनसरी जिल्ला अदालतले अन्तीम पटक २०७२ माघ २० गते सम्म दिएको १५ दिने म्याद भित्र अन्तीम पटक समेत वारेस पठाई सिलीण्डर नबुझाए पछि सुनसरी जिल्ला अदालतको आदेश उल्लङ्घन गरेको भनी अदालतको अपहेलना सम्बन्धी मुद्धा फागुन ११ गते दायर भएको छ ।