धादिङ जिल्लामा रविनले सर्बोत्कृष्ट अंक ल्याएको दाबी

635 पटक पढिएको

सम्पादक: Dhadingnews.com

rabin thapa copyसन्तोष अधिकारी
बैरेनी धादिङ  ,जेष्ठ २८ (धादिङ्न्युज)।  मंगलबार सार्बजनिक भएको २०६९ सालको एसएलसी परीक्षामा दक्षिणी धादिङको बैरेनीका एक  विद्यार्थीले जिल्लामा सर्बोत्कृट अंक ल्याएको  विद्यालयले दाबी गरेको छ्  । दक्षिणी धादिङको बैरेनीमा   रहेको  दी राईजिङ भिलेज  आवासीय उच्च माविवाट परीक्षा दिएका रविन थापाले जिल्लामा सर्बोत्कृष्ट अंक ल्याएको विद्यालयले दाबी गरेको छ । थापाले   ९१.२५   प्रतिशत अर्थात ७३०  अंक ल्याएका छन् । गोगनपानी गाबिस १ का पूर्णबहादुर थापा र सुबन थापाका छोरा रविन २०५४ साल जेठ २४ गते जन्मिएका हुन ।