धादिङका सहकारीबाट पाठ सिके काठमाडाैंका सहकारीकर्मीले

662 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नमूना सहकारीहरुको स्थलगत अवलोकन गरी ज्ञान, सीप र क्षमता विकास गर्ने उद्देश्यले ललितपुरका सहकारीकर्मीकाे टाेलीले तनहुँ र धादिङका सहकारीकाे अवलाेकन गरेका छन् ।

ललितपुर जिल्ला स्थित महालक्ष्मीस्थान नगरपालीका वडा नं १,२,३ र ४ अन्तर्गत सहकारी समन्वय समितिकाे टाेलीले धादिङका २ वटा सहकारीकाे बिहिबार अवलाेकन गरेका हुन् । टाेलीले धादिङबेशीमा संचालित नीलकण्ठ महिला बचत तथा ऋण सहकारी र श्राेत परिचालन बचत तथा ऋण सहकारीकाे अवलाेकन गरेकाे हाे । अवलाेकनमा सहभागीलाई नीलकण्ठ महिला सहकारीका अध्यक्ष भवानी तिमल्सिना र व्यवस्थापक भगवती अर्यालले सहकारी विविध गतिविधिका बारेमा जानकारी गराईन ।

neelakantha sahakari

टाेली तनहुँकाे खड्कमाई अामा बचत तथा ऋण सहकारीकाे अवलाेकन गरी धादिङ अाईपुगेकाे हाे । अवलाेकन गरेकाे दुबै सहकारी धादिङ जिल्लाकै उत्कृष्ठ हाे ।

सहकारीको स्थलगत अवलोकन गरी ज्ञान, सीप र क्षमता विकास गर्ने उद्देश्य अनुरुप अवलाेकनमा अाएकाे सहभागी सशिधर पाेखरेलले जानकारी दिए । पाेखरेलले नीलकण्ठ महिला सहकारीबाट अाफूहरुले पनि पाठ सिकेकाे प्रतिकृया दिए । सहकारी संस्था सदस्यहरुकाे विविध समस्या समाधान गर्नु सक्नुपर्ने बताउँदै पाेखरेलले त्यस कार्यमा नीलकण्ठ सहकारी अन्य सहकारीकाे तुलनामा अगाडी रहेकाे बताए । https://andidates.com

अवलाेकनमा ३६ जना सहकारीकर्मी सहभागी थिए ।