कुकुरले हानेको गोली लागेर मालिक घाईते

906 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dog-with-gunतपाईलाई पत्याउन मुश्किल पर्ला तर अमेरिकामा एउटा कुकुरले आफ्नै मालिकमाथि गोली हानेको छ । घटना अनुसार अमेरिकामा एक महिला आफूले पालेको कुकुरले चलाएको गोली लागेर घाइते भएकी छिन् । इन्डाना राज्यकी २५ वर्षकी एली कार्टर आफूले पालेको कुकुरले चलाएको गोली लागेर घाइते भएकी हुन् । इन्डानाका पर्यावरण संरक्षण अधिकारी जोनथन बोयडका अनुसार संयोवश भएको घटनामा कार्टर घाइते भएकी हुन् । एलीले हाँस मार्नका लागि प्रयोग गरेको सनगनबाट गोली चलेको हो । एलीले लोड गरेको सटगनलाई भूइँमा राखेर अरुकाम गर्न लागेका बेला बन्दुकमाथि खैरो रंगको उनले पालेको कुकुर चढेपछि गोली चलेको थियो । गोली लागेर एलीको बायाँ खुट्टा र औलामा चोट लागेको छ । उनी उपचारपछि घर फर्किएकी छन् ।