धादिङ समितिको भ्रमणटोली फर्कियो

699 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

702775_817130371746771_1109852359_n (1)पोखरा १ चैत्र । पोखरामा रहेका धादिङवासीहरुले नेपालको सुदूर पश्चिमका विभिन्न स्थानको अवलोकन भ्रमण गरि पोखरा फर्किएका छन् । धादिङ–पोखरा सम्पर्क समितिको आयोजनामा भएको भ्रमणमा समितिका पदाधिकारी, सदस्य, सल्लाहकार परिषद्का सदस्य एवं सल्लाहकार र आजीवन सदस्यहरु गरि १९ जना सहभागी थिए ।
भ्रमणमा सहभागी हुनेहरुमा अध्यक्ष झम्क सारु मगर वरिष्ठ उपाध्यक्ष गोकर्ण लम्साल, उपाध्यक्ष केदार अगस्थी, कोषाध्यक्ष एवं कार्यक्रम संयोजक लाल प्रसाद पाठक, कार्यसमिति सदस्यहरु बलराम लम्साल, युगमराज अगस्थी, कृष्ण विक रहेका थिए । यस्तै सल्लाहकार परिषद् सदस्यद्वय कृष्णबहादुर लम्साल र वीरबहादुर थापा, सल्लाहकारहरु होमनाथ सिलवाल, प्रेम थापा, गोकर्ण अधिकारी, हरि पन्त र प्रकाश दुलालका साथै आजीवन सदस्यहरु सुव्वाकुमार श्रेष्ठ कमल सापकोटा, धनबहादुर बराई, युवराज इटनी र सूर्य प्रसाद उपाध्याय भ्रमण टोलीमा सहभागी थिए ।
भ्रमण टोली सुदूरपश्चिम नेपालको कञ्चनपुर स्थित महाकाली नदीमा भारतले बनाएको महाकाली र टनकपुर बाँध, महाकाली नदीकै चर्चित एवं लामो झोलुङ्गेपुल दोधरा चाँदनी, महेन्द्रनगर बजार, कैलाली जिल्लाको धनगढी बजार र घोडाघोडी तालको अवलोकन र विभिन्न वस्तुस्थिति बारे जानकारी लिएको थियो ।
यस्तै बाँके जिल्लाको नेपालगञ्ज बजार, जमुनाह नाकाका साथै कर्णाली नदीको आकर्षक पुल, वर्दिया राष्ट्रिय निकुञ्जको पनि टोलीले अवलोकन गरेको थियो । भ्रमण टोलीले नेपालको प्रसिद्ध पर्यटकीय स्थल लुम्विनी र पाल्पाको तानसेनस्थित पाल्पा दरबारको समेत अवलोकन गरेको थियो । भ्रमण फागुन २४ गतेदेखि २९ गतेसम्म भएको थियो । भ्रमण सकिएपछि समितिका अध्यक्ष झम्क सारु मगरले भ्रमण अत्यन्तै सफल, फलदायी र प्रेरणादायी भएको बताएका छन् । उनले धादिङ वासीबीचको आपसी भाइचारालाई थप प्रगाढ बनाउन समेत भ्रमणले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पारे । कार्यक्रम संयोजक लालप्रसाद पाठकले भ्रमणले धेरै कुराको पाठ सिकाएको र समितिलाई थप गतिशिलि र क्रियाशिल बनाएर अघि बढाउन मद्धत मिल्ने बताए । भ्रमण टोलीलाई समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार परिषद् संयोजक रुद्र खनालले विदाई गरेका थिए ।