धादिङको महादेवस्थानमा भूकम्पले भत्केको विद्यालय बनायो युवा संघले

844 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

School222_1458018709धादिङ । वैशाख १२, जसलाई सम्झदा पनि मुटु काँप्छ मानिसहरुको । त्यो भूकम्पबाट अति प्रभावित गोरखा, सिन्धुपाल्चोक, दोलखाहरु मध्येको एक अर्काे जिल्ला हो धादिङ ।

भूकम्पबाट क्षतिग्रस्त महादेवस्थान धादिङको श्री चण्डीदेवी प्राथमिक विद्यालय लामो समय पुनःनिर्माणको पर्खाइमा रह्यो । स्थानीय कृषकका अर्थात् गरिबका बालबालिका पढ्ने सो विद्यालय बनाउने कस्ले ? पुनःनिर्माणका लागि सहयोगी हातहरु खोज्दै भौंतारिरहे स्थानीय र युवाहरु ।

यसरी भत्केपछि निर्माण हुन नसकेको चण्डीदेवी प्राथमिक विद्यालय सोमबार मुसुक्क मुस्कुरायो आफ्नो भत्केको आँङमा पुनःनिर्माणको न्यानो घाम लागेझैं । अर्थात् युवा संघ प्राकृतिक प्रकोप विभाग प्रमेख आचार्यकै हातबाट भत्केको करिब ११ महिनापछि नवनिर्मित विद्यालय भवनको उद्घाटन तथा स्थानीयलाई हस्तान्तरण गर्ने काम सम्पन्न गरेको हो ।

सहयोगी हातहरुका लागि दौडिएका स्थानीयलाई भरोसायोग्य साथ मिल्यो युवा संघ नेपालको । संघका सचिवालय सदस्य एवम् प्राकृतिक प्रकोप न्यूनीकरण विभागका प्रमुख तथा प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका रमेश आचार्य स्थानीय जनताको साथमा सहयोगी हातहरु जुटाउने कडी बन्न पुगे ।

आफ्नै जिल्ला, आफ्नै भरोसायोग्य साथ, जसलो जुटायो सहयोगी हात

आफ्नै जिल्लाका लागि केही गर्नै पर्छ भन्ने सपनाले खोजतलास गर्दा जुट्यो रकम १ लाख ५१ हजार जसलाई संघको प्राकृतिक प्रकोप तथा न्यूनीकरण विभागले गर्याे पुनःनिर्माण र स्थानीयलाई हस्तान्तरण कार्यक्रमको नेतृत्व ।

करिब १०० बढी स्थानीय बालबालिका पढ्ने सो विद्यालय भत्केपछि लामो समय पठन–पाठन रोकिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष श्यामबहादुर तामाङले बताए ।

भविष्यका कर्णधारलाई आज शिक्षा दिए पो भविष्य सुरक्षित हुन्छ । त्यसैले भूकम्पबाट क्षतिग्रस्त विद्यालय बनाउन हामी सबै जुटौं र हामी नै उठौं ।’

यसरी भत्केपछि निर्माण हुन नसकेको चण्डीदेवी प्राथमिक विद्यालय सोमबार मुसुक्क मुस्कुरायो आफ्नो भत्केको आँङमा पुनःनिर्माणको न्यानो घाम लागेझैं । अर्थात् युवा संघ प्राकृतिक प्रकोप विभाग प्रमेख आचार्यकै हातबाट भत्केको करिब ११ महिनापछि नवनिर्मित विद्यालय भवनको उद्घाटन तथा स्थानीयलाई हस्तान्तरण गर्ने काम सम्पन्न गरेको हो ।

पुनःनिर्माणसँगै सामग्री हस्तान्तरण

महादेवस्थान्को ४ नम्बर वडा, लाइपुरमा रहेको विद्यालयको पुनःनिर्माणसँगै उक्त विद्यालयमा पठन–पाठन गर्ने स्थानीय कृषकका बालबालिकालाई आवश्यक झोला समेत वितरण गरेको छ युवा संघ नेपालले । संघका सचिवालय सदस्य तथा प्राृतिक प्रकोप न्यूनीकरण विभागका प्रमुख आचार्यले निर्माण पछिको उक्त भवन तथा विद्यार्थीका लागि झोला वितरण गरेका हुन् । स्थानीय जनतको रोहबरमा पुनःनिर्मित उक्त विद्यालय हस्तान्तरण गरिएको थियो ।

संघका सचिवालय सदस्य तथा प्राृतिक प्रकोप न्यूनीकरण विभागका प्रमुख आचार्यले निर्माण पछिको उक्त भवन तथा विद्यार्थीका लागि झोला वितरण गरेका हुन् । स्थानीय जनतको रोहबरमा पुनःनिर्मित उक्त विद्यालय हस्तान्तरण गरिएको थियो ।

विद्यालय तथा सामग्री हस्तान्तरण कार्यक्रमको उद्घाटन गर्दै आचार्यले विद्यार्थीलाई भविष्यका कर्णधार बताउने जो कोहीले पनि वर्तमानमा उसलाई शिक्षाको उज्यालो घाम दिनबाट वञ्चित गरियो भने भविष्यका कर्णधार कसरी बन्न सक्छन् भन्दै स्थानीय बासिन्दालाई पुनःनिर्माणका लागि दोखाएको एकता, हार्दिकतालाई धन्यवाद समेत दिए ।

उनले भने, ‘हामी पनि हिजो यस्तै बालबालिका थियौं, दुख र संघर्ष उस्तै थिए । आफ्नो किस्मतले हामी जहाँ पुगेका छौं आफ्नो गाउँ बनाउन हामी जुट्छौं । त्यो भन्दा पनि ठुलो भनेको आफ्नो गाउँ बनाउन आफैं अघि सर्नु हो । भविष्यका कर्णधारलाई आज शिक्षा दिए पो भविष्य सुरक्षित हुन्छ । त्यसैले भूकम्पबाट क्षतिग्रस्त विद्यालय बनाउन हामी सबै जुटौं र हामी नै उठौं ।’

विद्यालय भवन पुनःनिर्माणका लागि आइएमई र प्रोजेक्ट जापानले गरी १ लाख ५१ हजार सहयोग गरेको थियो भने विद्यार्थीहरुलाई स्कुले ब्याग वितरणका लागि एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठले ६० हजार बराबरको सहयोग गरेको विद्यालयका अध्यक्ष तामाङले बताए । उनले युवा संघको केन्द्रिय समितिका तर्फबाट समेत ७० हजार बढीको शैक्षिक सामग्री सहयोग उपलब्ध भएको बताए । अध्यक्ष तामाङले बताए अनुसार सो सहयोगका लागि सम्पूर्ण पहल कदमी युवा संघ सचिवालयका नेता आचार्यले गरेको थिए ।

कार्यक्रमपछि आचार्यले आफ्नो फेसबुक पेजबाट सहयोगी हातहरु सबैलाई ‘विशेष धन्यावाद’ दिएका छन् । अगुवाइमा सहयोग पुर्याउने विष्णुहरी त्रीपाठीलाई उनले विशेष धन्यवाद ज्ञापन गरेका छन् ।

उनले भनेका छन्, ‘यस्ता कामहरुले हामी युवालाई देश निर्माण गर्ने दिशमा थप उत्प्रेरणा मिल्ने छ, यसका लागि जुटेका स्थानीयदेखि सहयोगी शुभेच्छुक सबैमा कृतज्ञता दिन चाहन्छु ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङको अध्यक्षतामा भएको कार्यक्रममा युवा संघका केन्द्रिय सदस्य विष्णुहरी त्रिपाठी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, युवा संघ धादिङका सदस्य बाबु छत्कुली, युवा संघ अन्तर जिल्ला कमिटि धादिङका सचिव राजेन्द्र अधिकारी, नेकपा एमाले महादेवस्थान गाँउ कमिटि  सदस्य विष्णु थापा , रोबट बैज्ञानिक गणेथ आले मगर र सन्जिव कुमार लिम्बु, अनेरास्ववियु जिल्ला कमिटि धादिङका उपाध्यक्ष सुदिप विशुराल लगायतको उपस्थिति रहेको थियो निर्माण सञ्चार डट कममा  खबर छ ।