धादिङमा सहकारी दिवस मनाउन मुल समारोह समिति गठन , जिल्ला संघमा सल्लाहकार चयन

728 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । ५९ औं राष्ट्रीय सहकारी दिवस भव्य रुपमा मनाउनका लागि धादिङमा मुल समारोह समिति गठन गरिएको छ । संघको चैत ६ गते शनिवार  बसेको बैठकले अध्यक्ष नेत्रराज पौडेलको संयोजकत्वमा ५९ औं सहकारी दिवस मुल समारोह समिति गठन गरेको हो ।

dhading-sahakari-coop-day-768x436समितिको सदस्यहरुमा जिल्लाका सबै प्रारम्भिक सहकारी संस्थाका अध्यक्षहरु, विषयगत जिल्ला संघका सबै संचालक र डिभिजन कार्यालयका प्रतिनिधि रहेका छन् । मुल समारोह समिति करिब ५ सय सदस्यीय रहेको छ । सहकारी दिवसका दिन पुछारबजारबाट प्रभातफेरी गरी उद्योग वाणिज्य संघको कार्यालयमा गएर सभामा परिणत हुने संघका अध्यक्ष तथा मुल समारोह समितिका संयोजक नेत्रराज पौडेलले जानकारी दिए । यस वर्षको नारा आर्थिक विकास र सामाजिक रुपान्तरणका लागि सहकारी तय भएको छ । नारालाई सार्थक तुल्याउने धादिङमा वर्षभरिनै विभिन्न कार्यक्रम हुने बताईएको छ ।

त्यस्तै बैठकले पुरस्कार छनोट समिति समेत गठन गरेको छ । सहकारी दिवसको दिन जिल्लाका उत्कृष्ठ सहकारी संस्था, संचालक र कर्मचारी सम्मान गर्ने कार्यक्रम अनुरुप छनोट समिति गठन गरेको अध्यक्ष पौडेलले बताए । डिभिजन कार्यालयसंग समन्वय गरेर उत्कृष्ठ संस्था, संचालक र कर्मचारी पुरस्किृत गरिने उनको भनाई छ ।
हरेक सहकारी दिवस जिल्ला सहकारी संघ र डिभिजन सहकारी कार्यालयको संयुक्त मनाउँदै आएको छ ।

सल्लाहकार समिति गठन
शनिवारको बैठकले ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । संघको सल्लाहकारहरुमा राष्ट्रीय सहकारी संघका वरिष्ठ उपाध्यक्ष मिनराज कडेंल, कृषि केन्द्रीय सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक, होमनाथ थपलिया, सिताराम कोईराला र शान्त बिक्रिम बाँनिया रहेका छन् ।

हरेक बैठक सदस्य संस्थामा
जिल्ला संघको हरेक बैठक सदस्य संस्थामा गर्ने निर्णय गरेको छ । प्रत्येक बैठक फरक फरक संस्थामा गर्दा संस्थाको जानकारी पाउनुको साथै सो संस्थाको अनुगमन पनि गरिने संस्थाका सचिव विष्णु कोईरालाले बताए । संघको आगामी बैठक बुढाथुम गाविसमा गरिने सचिव कोईरालाले बताए ।