logo

स्पेन एनआरएनको सहयोगमा धादिडमा विद्यालय भवन शिलान्यास

1085 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1-960x516

गैरआवासिय नेपाली संघ स्पेनको पुर्ननिर्माण समितिको सहयोगमा नीलकण्ठ नगरपालिका ११ धादिडस्थीत भोर्लेमा मनरुपी माध्यमिक विद्यालयको भवन निर्माण शुरु भएको छ । एनआरएन आइसिसि सदस्य तथा स्पेनका पुर्वअध्यक्ष एकराज गिरीले विद्यालयमा आयोजित कार्यक्रममा भवनको शिलान्यास गर्नु भयो । भवन निर्माणका लागि स्पेनको पुर्ननिर्माण समितिद्धारा संकलित करिब ११ लाख नेपाली रुपिया विद्यालयका प्रधानाध्यापक टोप बहादुर गुरुड र व्यवस्थापन समितिका अध्यक्ष टंक प्रसाद धमलालाई हस्तान्तरण गर्नुभयो । छ महिनाभित्र भवन बनाउने गरी एनआरएन स्पेन र विद्ययालय व्यवस्थापनबीच सहमति भएको छ । रकम हस्तान्तरण तथा भवन शिलान्यास कार्यक्रमका प्रमुख अतिथिकातर्फबाट बोल्दै एनआरएन आईसिसि सदस्य गिरीले गैरआवासिय नेपाली संघले भुकम्पपछि राहात र पुर्ननिर्माणका लागि खेलेको विशेष भुमिकाको प्रसंशा गर्दै आफुहरुले पनि सक्दो सहयोग गर्ने अभियान जारी राखेको बताए । कार्यक्रममा गिरीले आफुहरुको सानो सहयोगबाट स्थानीय तहमा ठुलो सहयोग हुने भएकोले सक्दो सहयोग जुटाउँदै गएको बताए ।
4
सोही क्रममा धादिडको भोर्लेस्थित मनरुपी माविमा सहयोग गर्न पाउँदा निकै खुसी भएको बताउँदै त्यसका लागि पहल गर्ने पत्रकार होमप्रसाद लम्साललाई पनि धन्यवाद दिनुभयो । कार्यक्रममा बोल्दै पत्रकार लम्सालकै पहलमा आफुहरु त्यहाँ पुगेको बताउँदै राम्रो काम गरेर देखाएको खण्डमा थप सहयोगसमेत उपलब्ध हुने वचन दिनु भएको छ । उहाँले भुकम्पपछि राहातका क्रममा पनि स्पेनबाट साँकोषका लागि आएको राहात सामाग्री सरकारी नियमका कारण वितरण गर्न नसकिएको बताउँदै गैरआवासिय नेपालीले भुकम्पपीडितका लागि गरेको सहयोगका कारण हजारौले राहात पाएको बताउनु भयो । कार्यक्रममा विशेष अतिथि तथा एनआरएन स्पेनका पुर्वप्रवक्ता सन्तोष श्रेष्ठले सहयोग वास्तविक पीडित समक्ष आई पुगेको विश्वास गर्दै राम्रो काम भएको खण्डमा थप सहयोग गर्ने वचन दिनु भएको छ खबरमाला डट कममा खबर छ ।
3
कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक टोप बहादुर गुरुडले मनरुपी विद्यालयमा आएको सहयोग रकमको पुर्ण रुपमा सहदुपयोग गर्ने वचनवद्धता प्रकट गर्दै सहयोगीप्रति धन्यवादप्रकट गरे । उनले आफैले कखरा सिकेको विद्यालयलाई सहयोगका लागि पहल गर्ने पत्रकार लम्सालप्रति पनि आभार प्रकट गरे । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंकप्रसाद धमलाले पनि आफुहरुलाई जुन विश्वासका साथ सहयोग आएको छ त्यसमा कमी हुन नदिन जुनसुकै उपाय अपनाउने वचनवद्धता प्रकट गरे । सो विद्यालयमा रहेको चार वटा भवनहरु भुकम्पका कारण पुर्ण रुपमा ध्वस्त भएर हात विधार्थीहरु केहि जस्ता पाता मुनि र केही अझै खुल्ला आकास मुनि पढ्न बाध्य भएका छन ।
गैरआवासिय नेपाली संघले संस्थागत रुपमा र एनआरएनमा संलग्न व्यक्तिहरु व्यक्तिगत रुपमा पनि भुकम्पपछि भत्केका सामुदायिक भवनहरु होस वा अनेकन राहात कार्यक्रमहरु दुर्गम स्थानहरु पुगी रहेको छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic