सफा खानेपानीका लागि त्रिपुरेश्वर र सत्यदेबीमा लोकगित

795 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -उत्तरी धादिङको त्रिपुरेश्वर र सत्यदेबी गाविसमा खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन सम्बन्धी जनचेतनाका लागि लोकगित प्रतियोगिता सम्पन्न भएको छ ।
Dhading-Sajha-Sabalपरिवर्तनका लागि प्रतिवद्ध समाज (कोसोक) नेपालद्वारा अक्सफामको साझेदारीमा त्रिपुरेश्वर र सत्यदेबी गाविसमा भूकम्प पीडितका लागि एकिकृत खानेपानी, सरसफाई तथा स्वाच्छता परियोजना विगत नौ महिनादेखि कार्यन्वयन गरिएको छ ।
समूदायका मानिसहरुलाई खानेपानी, स्वाच्छता, सरसफाई, संभावित महामारिबाट बच्ने उपाय आदीको बारेमा जानकारी दिनका लागि लोकगित प्रतियोगिताको आयोजना गरिएको हो ।
सत्यदेबी गाविसमा ९ ओटा समूह सहभागि भएकोमा वडा न.ं ३ प्रथम, वडा न.ं ५ द्वितिय, वडा न.ं ९ तृतिय र वडा न.ं २ सान्त्वना भए । सत्यदेबी स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष लुप्पा तामाङले विजयी समूहलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । प्रतियोगितामा विजेता प्रथम, द्वितिय र तृतिय र सान्त्वनालाई नगद क्रमशः ३ हजार, २ हजार ४ सय, १ हजार आठ सय र १ हजार २ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।
यसैगरि त्रिपुरेश्वर गाविसमा ७ ओटा समूह सहभागि भएकोमा वडा न.ं ४ प्रथम, वडा न.ं ३ द्वितिय, वडा न.ं ९ तृतिय र वडा न.ं १ सान्त्वना भए । त्रिपुरेशवर गाविसमा सम्पन्न प्रतियोगितामा अचने उच्च माविका प्रधानाध्यापक रबिदत्त सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा विजेता प्रथम, द्वितिय र तृतिय र सान्त्वनालाई नगद क्रमशः ३ हजार, २ हजार ४ सय, १ हजार आठ सय र १ हजार २ सय नगद पुरस्कार प्रदान गरिएको कोसोक नेपालका सामुदायिक स्वास्थ्य हिसिला सुवालले जानकारी दिनुभयो ।
अक्सफाम र कोसोक नेपालको साझेदारीमा सत्यदेबी र त्रिपुरेश्वर गाविसमा समूदाय स्तरमा ८ ओटा खानेपानी योजना, १२ विद्यालयमा विद्यालय स्तरको खानेपानी योजना संचालन गरेको छ भने भूकम्पले क्षति पुर्याएको र अन्य घरमा समेत गरि सबैै घरधुरीमा शौचालय निर्माणका काम संचालन गरिरहेको छ ।