परीक्षा तयारी बारे विद्यार्थीलाई प्रशिक्षण

774 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

examधादिङ – परीक्षामा हुने गल्ति र तयारीका बारेमा विद्यार्थीलाई प्रशिक्षण दिईएको छ । सह—प्राध्यापक इन्द्रलाल शर्माले जिल्लाका विभिन्न ३ वटा क्याम्पसका विद्यार्थीलाई छुट्टा छुटै प्रशिक्षण दिएका हुन् । गत बुधबार देखि शुरु कार्यक्रम अन्र्तगत गजुरीको आदर्श बहुमुखी क्याम्पस, धादिङबेशीको निलकण्ठ बहुमुखी क्याम्पस र सल्यानटार क्याम्पसमै पुगेर शर्माले विद्यार्थीलाई प्रशिक्षित गरेका हुन् ।

देख्दा सानो लाग्ने र सामान्य ध्यान दिदाँ मात्रै सुधार गर्न सकिने समस्याका बारेमा उनले विद्यार्थीलाई सिकाएका छन् । कार्यक्रममा सहभागि विद्यार्थीले प्रशिक्षण फलदायी भएको बताए । प्रशिक्षणमा क्याम्पस प्रमुख लगायत क्याम्पस ब्यवस्थापनका प्रतिनिधिहरुको समेत उपस्थिती थियो । शर्माले अहिल सम्म १६ जिल्लाका ४५ वटा शिक्षा शास्त्रका  क्याम्पसहरुमा प्रशिक्षण दिईसकका छन् ।

परीक्षामा हुने गल्ती : शिक्षकले पढाएकै छैनन्, विद्यार्थीले कसरी जानुन् !

साना साना कुरामा समेत विद्यार्थीले वास्ता नगर्दा नतिजामा आउने कमी तथा विद्यार्थीले भोग्ने समस्या ठूलो हुने देखेर अभियान शुरु गरेको शर्माले बताए ।

त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र संकायबाट निवृत भएपनि आफूसंग भएको ज्ञान विस्तार गर्न अभियान शुरु गरेको उनी बताउँछन् ।