हावाहुरीले उडायो विद्यालयको अस्थायी भवन र भूकम्पपीडितका टहरा

640 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हुरीवतासले भत्काईदिएको अम्लेश्वर प्रावि बैरेनी ९ राहुडाँडा धादिङको अस्थायी भवन । भवन भत्किएपछि बिद्यालयको सबै कागजपत्र पनि नष्ट भएको छ । तस्बिर / प्रअ.सुमधुर खनाल
हुरीवतासले भत्काईदिएको अम्लेश्वर प्रावि बैरेनी ९ राहुडाँडा धादिङको अस्थायी भवन । भवन भत्किएपछि बिद्यालयको सबै कागजपत्र पनि नष्ट भएको छ । तस्बिर / प्रअ.सुमधुर खनाल

चैत १५ गते सोमबार दिउसो आएको हावाहुरीले जिल्लाको सबै क्षेत्रमा नोक्सानी पु¥याएको छ । ४६ गाविस र एक नगरपालिका रहेको धादिङ जिल्लाको सबै भागमा सोमबार दिउँसो ३ वजे पछि एकैसाथ हावाहुरी चलेको थियो । आधा घण्टा भन्दा बढी समय आएको हावाहुरीले घर टहरा भत्काउनुका साथै भुकम्प पछि पुर्ननिर्माण गरिएका अस्थायी बिद्यालय भवन पनि भत्किएको छ ।
हावाहुरीले विद्यालय भवन भत्किएपछि परीक्षा संचालन भईरहेका बिद्यालयहरु समस्यामा परेका छन । हावाहुरीले बिद्यालयको अस्थायी टहरो भत्कनुका साथै कागजपत्र सबै उडाएर नष्ट गरेको अम्लेश्वर प्राथमिक बिद्यालय वैरेनी ९ राहुडाँडाका प्रधानाध्यापक सुमधुर खनालले वताउनु भयो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका जिल्ला सदस्य बैकुण्ठ रिमालका अनुसार अस्थायी संरचना वनाएर चलिरहेका अधिकांश बिद्यालयहरु सोमबारको हावाहुरीले प्रभावित भएका छन । जिल्लाभरमा कति बिद्यालयमा के के क्षती आयो भन्ने वारेमा तथ्याङक संकलन गर्ने प्रयास भईरहेको रिमालले वताउनु भयो । सोमबारकाे हावाहुरीले  धादिङको खरीमा भूकम्पपीडितका टहराका छाना उडाइदिएको छ।  अपंरान्ह ४ बजेतिर अाएको सुख्खा हुरी बतासले खरी- १ धुसेनीमा रहेका भूकम्पपीडितका टहरा तहसनहस बनाएको छ।

वैशाख १२ को भूकम्पले  घर भत्काएपछि जस्ता र पालले  बनाएका टहरा र चौपायाको गोठ हुरीले बिगारिदिएको हो ।