कफी कृषकलाई दुखद खबर, कफीमा ‘कफीरस्ट’ राेग

794 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

coffee leavesललितपुरमा यस अघि कफीमा देएिको ढुसीजन्य रोग ‘कफीरस्ट’(सिन्दुरे) कास्की लगायत अन्य पहाडी जिल्लाहरुमा पनि देखिएको छ ।

कास्कीमा पनि यो रोग लागेको प्रमाणित भएको हो । कास्कीको निर्मलपोखरी, पुरन्चौर, हंसपुर र कृष्ति नाच्नेचौरमा कृषकका कफीबोटमा रोग लागेको प्रमाणित भएको जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख रमेश कोइरालाले जानकारी दिए ।

यो रोग कफी खेतिका लागि निकै खतरा रहेको विज्ञहरु बताउछन् । नेपाल कृषि अनुसन्धान परिषद, बालिरोग विज्ञान महासाखाका बरिष्ठ बैज्ञानिक डा. सुरज बैद्यले यो रोग हावाबाट फैलिने भएकाले निकै छिटो फैलने र कफी खेती पुरै नष्ट पार्न सक्छ ।

त्यस्तै पानी, जीबजन्तु, चराचुरुङ्गी, मानिस र कफी खेतीका लागि प्रयोग गर्ने उपकरणबाट समेत यो रोग सर्र्न सक्छ । ललितपुरमा यो रोग देखा परेपछि अहिले देशका विभिन्न जिल्लामा यसको अवस्थाका बारेमा अनुसन्धान भइरहेको छ ।

coffee-beans-647x433

स्याङजामा पनि यो रोग लागेको प्रमाणित भएको छ । कफी सहकारी संगठनका अध्यक्ष फणिनारायण अर्यालले आर्जुनचौपारी गाविसको खाल्टे सहकारी संस्थाले वडा नं. ६, ७ र ८मा लगाएको कफी र पुतली बजार–१३ का बोधराज अर्यालको बैगैचामा यो रोग देखिएको हो । यसलाई नार्कले प्रमाणित गरेको उनले जानकारी दिए ।

डां बैद्यका अनुसार यसको बैज्ञानिक नाम हेमेलिया हेस्टाट्रिक हो। यो नामैले विनासकारी जनाउने हुँदा चिन्ताको रुपमा लिइनु स्वभाविक हो । तर, अहिले नै नआइतिई यसको व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए ।

क्वारेन्टाइन चेकजाँच, सरसफाई, अवरोधजातको छनौट, लगाएतका अहिलेका प्राथमिकताका विषय हुन् । यो कुन कुन जिल्लामा फैलिएको छ भन्ने विषयमा अनुसन्धान जारी रहेको उनले जानकारी दिए ।

गुल्मी, पाल्पा, पर्वत, लम्जुङ, कास्की, गोरखा लम्जुङ स्याङजा लगाएतका नौ जिल्लाका कृषि विकास कार्यालयका प्रमुख एवं प्रतिनिधि, क्षत्रीय कृषि निर्देशनालय पोखरा, नार्कको क्षेत्रीय कार्यलय पोखरा, क्षेत्रीय तालिम केन्द्र र यससंग सम्बन्धीत अगुवा कृषक र सहकारीका अगुवाहरुको भेला यसै विषयलाई लिएर पोखरामा सम्पन्न भएको छ ।

ललितपुर, काभ्रे, सिन्धुपलान्चोकमा पनि यो रोग देखिएको डा. बैद्यले जानकारी दिए । उनका अनुसार सिन्धुपाल्चोकमा एक दिन अघिमात्र यो रोग देखिएको हो । अहिले यसको पहिचानको काम भइरहेको छ । यो राग लागेका जिल्लाबाट बेर्ना विरुवा ल्याउन रोक लगाउने लगाएतका काम सुरु गरिएको उनले जानकारी दिए ।
कास्कीमा ३ महिना अघिनै यो रोग प्रमाणित भएपछि यतिबेला अन्य स्थानमा पनि पहिचान कार्य भइरहेको छ । अहिले लेखनाथ नगरपालिका लगाएतका क्षेत्रमा यसको पहिचान कार्य भइरहेको जिल्ला कृषि विकास कार्यालय कास्कीका बागबानी विकास अधिकृत मनहर कडरियाले जानकारी दिए । यो रोगको पहिचान र रोगि देखिएका कफी विरुवा नष्ट गर्न राष्ट्रिय चिया तथा कफी विकास शाखा र कृषि विभागबाट देशभर नै सर्कुलर गरिएको छ ।
कडरियाका अनुसार सिन्दुरे रोग लाग्दा सुरुमा कफीको विरुवामा पातमा पानीले भिजेजस्तो गोलो–गोलो रेखा देखिन्छ । गोलो भित्रको भाग विस्तारै पहेँलिदै जान्छ र त्यसपछि गोलो भित्रको भाग सुक्दछ । यसरी सुकेका भागहरुको फैलावट बढ्दै गएर विस्तारै पात नै मर्ने र झर्ने प्रक्रिया सुरु हुन्छ । यसरी पात झर्न थालेपछि विरुवाले अवश्यक खाना तयार गर्न नसक्ने अवस्थामा आएपछि सिंगै बोट मर्छ ।
पात झरेको वर्ष उत्पादनमा खासै असर पर्दैन तर पछिल्लो वर्षको उत्पादन नै नहुने अवस्था आउँछ । गहुँ, फलफूल, लिची लगायतका बालीमा नेपालमा पनि सिन्दुरे रोग धेरै पहिले देखिएको हो । तर, कफीमा भने ललितपुरमा पहिलो पटक यसको लक्षण देखिएको हो ।
अर्गानिक कफीमा ख्याति कमाएको नेपाललाई नै यो रोग झड्काको विषय भएको डा. बैद्य स्वीकार्छन् । किसानलाई यसको लक्षण देखिएका बोटलाई सुरक्षितरुपमा जरैदेखि उखलेर जलाउन उनले सुझाव दिएका छन् ।
सिंदुरे रोग लाग्न नदिन बोडो मिक्सचरको प्रयोग गर्ने र छहारीको व्यवस्थापन सहि तरिकाले गर्नु नै हो । यो पातको उल्टो भागमा लाग्ने हुँदा तलबाट बोडो मिक्सचर छर्कनु पर्छ । यो नै अग्रानिक कफीलाई उपचार गर्ने विधि हो । तर, यो विधि मात्र सिंदुरे रोग नियन्त्रणका लागि प्रभावकारी छैन । विसादी प्रायोग गर्नेबारे तत्काल नसोचिएको र विषादीको प्रयोग गर्दा नेपालमा उत्पादीत कफीको बजार नहुने विज्ञहरु बताउछन् ।
श्रीलंकामा सन् १८२५ सालमा कफी खेती सुरु भएपछि सन् १८७० मा उक्त देश विश्वको सबैभन्दा ठूलो कफी उत्पादकको रुपमा चिनिएको थियो । तर सिंदुरे रोगकै कारण अहिले श्रीलंका कफीका कारण नभई चियाको कारण विश्वमा प्रसिद्ध छ । यसको कारण यही कफीरस्ट अर्थात सिन्दुरे रोग रहेको डा. बैद्यले औल्याए । बेलैमा यसप्रति सचेत नहुने हो भने नेपालले पनि कफीका सवालमा यस्तै नियति भोग्नुपर्ने अवस्था आउँछ ।
यो रोग प्रमाणित भएपछि कास्कीमा मात्र १ सय १५ हेक्टरमा खेति गर्ने कफि उत्पादक किसान मर्कामा पर्ने देखिएका छन् । कास्कीमा बार्षिक ३५ टन कफि उत्पादन हुँदै आएको छ । यी किसान मात्र होइन नेपालमा फष्टाएको कफीखेती नै यही रोगका कारण नासिने चिन्ता विज्ञहरुमा रहेको बागाबानी विकास अधिकृत कडरिया बताउछन् समाधान दैनिकमा खबर छ । ।