त्रिपुरेश्वर र सत्यदेबीमा खानेपानी सरसफाई कार्यक्रमको अनुगमन

794 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_0482धादिङ -अक्सफामको सहयोगमा कोसोक नेपालले संचालन गरेको त्रिपुरेश्वर सत्यदेबी गाविसको खानेपानी तथा सरसफाइ कार्यक्रमको सरोकारवाला हरुबाट अनुगमन गरिएको छ ।
त्रिपुरेश्वर गाविसको डाडाँगाउँ खानेपानी, जलजले भञ्ज्याङप्रावि, सत्यदेबीगाविसको बच्छला उच्चमावि, सत्यदेबीप्रावि, राकचोक खानेपानी योजना र सो अन्तरगतका रहेका शौचालयतथा अस्थाइ अवास सम्बन्धी कार्यक्रममा आवद्ध व्यक्तिहरुसंग अनुगमन टोलीले छलफल गरेको थियो ।
अनुगमनका क्रममा खानेपानी योजनाहरु अन्तिम चरणमा पुगेको, केहीदिनमा निर्माण सम्पन्नहुने, शौचालयनिर्माणको कार्य सबै घरधुरीले निर्माण गरिसकेको उपभोक्ताहरुले बताएका छन् ।
जिल्ला स्थित सरकारी निकाय, गाविस सचिव र संचारकर्मी, कोसोक र अक्सफामका प्रतिनिधिहरुले संयुक्त रुपमाअनुगमन गरेका थिए ।
त्रिपुरेश्वर र सत्यदेबीगाविसमा १ हजार १ सय ३० शौचालयनिर्माणका लागि समूदायकाव्यक्तिहरुलाई शौचालय सामाग्रीउपलब्ध गराइएकोले उपभोक्ताहरुले शौचालयनिर्माण गरिरहेका छन् ।
सयदेबी र त्रिपुरेश्वर गाविसमा३ सय ८२ घरका लागि ८ खानेपानी आयोजना निर्माण भइरहेको छ ।
सत्यदेबी गाविसका ८ र त्रिपुरेश्वर गाविसका ४ विद्यालयगरि १२ विद्यालयका खानेपानी, शौचालय, फोहोर व्यवस्थापन स्थलनिर्माण गरिएको र निर्माणको अन्तिम चरणमा निरन्तर कामभइरहेको अनुगमनको क्रममा कोसोक नेपालकाकार्यक्रम संयोजक प्रज्वल शर्माले जानकारी दिनुभयो ।