बुढीगण्डकी आयोजनाका प्रभावित साढे तिन हजार परिवारलाई अन्तै सार्नु पर्ने

1679 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं,-१२०० मेगावाट क्षमताको बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितहरुको टुंगो लागेको छ । आयोजना विकास समितिले तयार पारेको पछिल्लो प्रतिवेदन अनुसार ८ हजार एक सय १७ परिवा आयोजनाबाट प्रभावित हुनेछ । त्यसमा पनि ३ हजार ५ सय ६० परिवार पुर्णरुपले विस्तापित हुनेछन् । यीनलाई उचित मुआब्जासहित अन्यत्रै स्थानान्तरण गरिनु पर्नेछ ।
budhi_gandaki_
आयोजनाका कार्यकारी निर्देशक गोपाल बस्नेतका अनुसार–‘आगामी आर्थिक बर्षको बजेटबाट आयोजनाका लागि बजेट माग गर्ने तयारी भैरहेको छ । त्यसअघि मुआब्जा एकिन गर्ने काम अघि बढेको छ । मुआब्जा एकिन हुने भए लगत्तै दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले बेचबिखनमा रोक लगाउनेछन् ।’ जग्गा बेचबिखन रोक्नु अघि मुआब्जा ग्यारेण्टी गरिनु पर्नेे स्थानियको माग अनुसार तत्कालै बिक्रिवितरणमा रोक नलगाईएको पनि कार्यकारी निर्देशक बस्नेतले बताए । यस अघि आयोजनाले कुल ५८ अर्ब मुआब्जाका लागि आवश्यक पर्ने प्रक्षेपण गरेको थियो ।

budhi
आयोजना विकास समितिले चालु आर्थिक बर्षमा ५० प्रतिशत मुआब्जा वितरण गरिसक्ने लक्ष्य निर्धारण गरेको थियो । सरकारले मुआब्जा वितरणका लागि दुई अर्ब ९० करोड बजेट समेत बिनियोजन गरेको थियो तर हालसम्म एक रुपैंयाँ समेत खर्च भएको छैन् । जग्गा अधिग्रहण सक्ने, मुआब्जा वितरणको नितिग टुंगो लगाउने, टेण्डर आव्हान गर्ने र निर्माण समेत यसै आर्थिक बर्षमा आरम्भ गर्ने लक्ष्य थियो । सन २०२२ भित्र उत्पादन थाल्ने भनिएको आयोजनाको काम भने अझै अघि बढेको छैन् ।

budhi_gandaki_muaabja

सरकारले घोषणा गरेको उर्जा संकट निवारण कालमा जलासययुक्त आयोजनाहरु कम्पनी मोडलमा विकास गरिने उल्लेख गरिएको छ । तर त्यसको संरचनागत विकासका प्रक्रिया भने अझै अघि बढेको छैन् विकासन्यूजले खबर लेखेको छ । ।