धादिङमा ४२ सय विद्युत् पोल जीर्ण

853 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

घरनजिकै रहेको विद्युत् पोल ढलेर बटुवा र आफ्नो घरमा करेन्ट लाग्ला भनेर पिण्डा–१, मिलनटारकी सावित्रा घिमिरेलाई फागुन लागेदेखि नै चिन्ता छ । विद्युत् सब–स्टेसन जरेखेतबाट एक किलोमिटर दूरीमा उनको घर छ । ४ वर्षदेखि पोल जीर्ण भएको खबर गरे पनि पोल नफेरिँदा सामान्य हावाहुरीमा पनि ढल्ने अवस्था रहेको उनले बताइन् ।

जिल्लाभित्र ३३ केभी लाइनमा रहेको स्टिल पोलसंख्या ८६२ थान, एचटी (११००० भी) लाइन रहेको स्टिल पोल संख्या ५ हजार ८०० थान र एलटी (४००/२२० भी) लाइन रहेको पोल संख्या १० हजार ९०० छन् । तीमध्ये ६ हजार ४०० स्टिल पोल र ४ हजार ५०० काठका पोल छन् । अहिलेसम्म वितरण गरिएको एचटी लाइन दूरी ५२७ किलोमिटर, एलटी लाइन दूरी १ हजार ४५२ किलोमिटर र ३३ केभी लाइन दूरी ६६.४ किलोमिटर रहेको तथ्यांक छ कारोबार डेलि डट कममा खबर छ ।

जिल्लाभरका ४ हजार ५०० काठका पोलमध्ये ४ हजार २०० जीर्ण रहेको धादिङ वितरण केन्द्रका प्रमुख सत्यनारायण गामीले बताए । उनका अनुसार काठको पोल विस्थापन गर्न एलटी स्टिल पोल १३ हजार ५०० रुपैयाँ र ढुवानी र पोल सेट गर्न २ हजार २५० रुपैयाँ गरी प्रतिपोल १५ हजार ७५० रुपँया खर्च लाग्छ । यसअनुसार ४ हजार २०० काठका पोल विस्थापन गर्न ६ करोड ६१ लाख ५० हजार लाग्छ । जिल्लालाई अहिलेसम्म प्रतिवर्ष १५० थान काठका पोल विस्थापन गर्ने कार्यक्रम आएको छ ।