धादिङ मार्पाकका १ हजार ३ घर धुरी सहित भूकम्प प्रभावित आठ जिल्लामा अनुदान सम्झौता शुरु

527 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २८ चैत । भूकम्पबाट अति प्रभावित आठ जिल्लामा चैत २८ गते आइतबार देखि अनुदान वितरणको प्रकृया शुरु हुदैछ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसअघि सार्वजनिक गरिएको अनुदान प्राप्त गर्ने लाभग्राहीको सूचीमा परेका जिल्लाका भुकम्प पिडितहरुलाई  अनुदानका लागि सम्झौता शुरु गरिने प्राधिकरणका प्रबक्ता रामप्रसाद थपालियले जानकारी दिनुभयो । प्राधिकरणको तर्फबाट आवश्यक प्राविधिक तथा व्यवस्थापकिय तयारी पूरा भइसकेकोले आजदेखि सम्बन्धित गाविसका सचिव वा नगरपालिकामा वडा सचिवले सम्बन्धित सूचीकृत लाभग्राहीसँग अनुदान सम्झौता गर्ने प्रवक्ता थपलियाले बताउनुभयो ।

 अनुदान सम्झौता हुनेमा सिन्धुलीको झाँगाझोलीका १ हजार १ सय ७८, काभ्रेपलाञ्चोकेको रवीओपीका ९ सय ७०, नुवाकोट जिल्लाको खरानीटारका ४ सय ८ घर धुरी छन । त्यस्तै, रामेछाप जिल्लाको ओख्रेनी ७ सय ५९, ओखलढुंगाको रुम्झाटार ४७ जना, रसुवाको ब्रिदिम १ सय ९३, धादिङ जिल्लाको मार्पाकका १ हजार ३ र गोर्खा जिल्लाको हंसपुरका ९ सय ४४ जना रहेका छन् ।