सावधान ! थाहै नपाई भिडियो भाइरल होला

510 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bear2काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जाल निकै लोकप्रिय बन्दैछ । यसमा जति मानिसहरूको उपस्थिति बढिरहेको त्यती नै यो बिकृतिमुक्त भने हुन सकेको छैन । त्यसो त पछिल्लो समया यो अपराधको माध्यम पनि बन्न थालेको छ भन्दा फरक पर्दैन ।

त्यस्तै पछिल्लो समय फेसबुकमा आफैं भिडियो सेयर हुने समस्याले प्रयोगकर्ताहरू आजित बन्न पुगेका छन् । ‘माइ फस्र्ट भिडियो’ नामक भाइरस भिडियोले आतंक नै मच्याएको हो बाह्रखरी डट कमले लेखेको छ ।

सुरूमा यो प्रयोगकर्ताको वालमा देखिने र झुक्किएर छुने वित्तिकै तत्कालै धेरै साथीका बीचमा सेयर हुने हुनाले प्रयोगकर्ताहरू यसबाट हैरान भएका हुन् । र, यो पछिल्लो समय निकै तेज मात्रामा सेयर भइरहेको बताइएको छ ।

त्यसकारण सूचना प्रविधिमा काम गर्ने प्राविधिकहरूले त्यस्ता भिडियोहरू नखोल्न र नहेर्न सुझाव दिएका छन् । त्यस्ता भिडियोले प्रयोगकर्ताका एकाउन्टमा रहेका फोटो र भिडियोहरू नष्ट पारिदिने हुनाले सचेत रहन उनीहरू आग्रह गरेका हुन् ।

यसरी समाधान गर्नुहोस् :
यदि तपाईं पनि यो भाइरसबाट पीडित हुनुहुन्छ भने आफ्नो ब्राउजरको एक्सेटेसनबाट तुरुन्त डिलेट गर्नुहोस् । त्यसपछि आफनो प्रोफाइल पेजमा गएर ट्याग गरिएका सबै पोष्टहरुलाई डिलेट गर्नुहोस् । त्यसको केही क्षणपछि फेसबुकले तपाईंलाई रिभ्यू म्यासेज पठाउने छ । र, तपाईं आफनो सिस्टमलाई स्क्यान गरेर फेसबुकलाई पहिलेको जस्तै चलाउन सक्नु हुनेछ ।