नौबिसे-नागढ‌ुंगा सडक खण्डमा दैनिक सवारी जाम, यात्रुलाई सास्ती

751 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10042016102600Highway-jam-(2)-1000x0 पृथ्वीराजमार्ग हुँदै काठमाडौंको प्रवेशद्वार नागढुंगाको उकालोमा दैनिक जसो हुने सवारीजामले यात्रुहरुले हरेक दिन सास्ती पाउने गरेका छन् । नौबिसेको झ्याप्लेखोलादेखि नागढुंगासम्मकै जाम हरेक दिन सवारी अवागमन ठप्प हुने गरेको छ ।

बिहानैदेखि सवारी आवागमन ठप्प हुादा करिब ५ देखि ७ किलोमिटर क्षेत्रसम्म गाडीको लाइन लाग्ने गरेको छ  । झण्डै २ देखि ३ घन्टासम्म सवारी आवागमन रोकिादा हजारौं यात्रुले बिहानैदेखि सास्ती पाउने गरेका छन् ।

‘हरेक दिन बिहान ७ देखि १० बजेसम्म सवारी साधनको अत्यधिक चाप हुने समयमा सवारी जाम हुने गरेको जिल्ला ट्राफिक कार्यालय इन्चार्ज मुरारी मिश्रले बताए । नागढुंगा मुनि सडक उकालो र धेरै घुम्ती भएको र अधिकांस मालवाहक गाडी बिग्रेर सडक अवरुद्ध गर्ने गरेको प्रहरीले जनाएको छ इकान्तिपुरमा खबर  छ ।

‘सडक मापदण्ड विपरित व्यापारिक सामाग्री बोकेर आएका ठुला भारतीय ट्रकहरु घुम्ती मोडमा बिग्रेर हरेक दिन समस्या आउने गरेको खानीखोलास्थित प्रहरी निरिक्षक यादव थापाले बताए । दरबन्दी अनुसार ट्राफिक प्रहरी संख्या नभएकोले जनशक्तिको अभाव व्यहोरी रहेको अवस्थामा राजमार्गको ट्राफिक प्रहरी दैनिक नौबिसे खण्डमै व्यस्त हुनु परेपछि अन्य स्थानमा ध्यान दिन नसकिएको गुनासो गरेका छन् ।