प्रकोप र पुनर्निर्माण सम्बन्धि तालिम सम्पन्न

646 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_0621एक्सन नेपालले प्रकोप र पुनर्निर्माण सम्बन्धि तालिम सम्पन्न गरेको छ
युएसएडको आर्थिक सहयोगमा साझेदारी विकास परियोजना अन्तर्गत सम्पन्न सो तालिममा जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्य र संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
तालिममा साझेदारी विकास परियोजनाका वरिष्ठ फिल्ड निर्देशक कटिस पाल्मर, एनसेटका डा. रमेश गुरागाई लगायतले प्रशिक्षण दिनुभएको थियो ।
एक्सन नेपालका अध्यक्ष भीमप्रसाद ढुङ्गानाको अध्यक्षतामा सम्पन्न तालिममा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश सुवेदी, स्थानिय विकास अधिकारी भगवान अर्याल र राजनैतिक दलका प्रतिनिधि लगायतले शुभकामना मन्तव्य दिनुभएको साझेदारी विकास परियोजनाका कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।