६ गाविसमा कामका लागि नगद सहयोग वितरण

789 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Untitled-1 copyधादिङ-यु एसए आइडि को आर्थिक सहयोगमा केयर नेपाल र सहयात्री समाज नेपालको संयुक्त साझेदारीमा सञ्चालित हरियो बन कार्यक्रम अन्र्तगत धादिङ जिल्लाको ६ वटा गाविसमा कामका लागि नगद कार्यक्रम सम्पन्न भएको छ । जिल्लाको बसेरी, बुढाथुम, आगिन्चोक, फुलखर्क, मुलपानी र सल्यानटार गाविसमा यु एसए आइडिको आर्थिक सहयोगमा केयर नेपाल र सहयात्री समाज नेपालको साझेदारीमा हरियो बन कार्यक्रम सञ्चालन भइरहेको छ ।
जसअन्र्तगत भुकम्पछि भत्किएका संरचनाहरुको पुर्ननिमार्ण गर्ने र त्यसमा स्थानीय बासिको प्रत्यक्ष संलग्नता गराइ उनीहरुको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले कामका लागि नगद कार्यक्रम सञ्चालन भएको हो । भुकम्पले भत्काएका बाटो, खानेपानीको मुल संरक्षण, कुलो मर्मत लगायतका योजनाहरुमा कामका लागि नगद सहयोग गरिएको छ । जसमा बसेरी गाविसमा ८ सय ५३ खेतालाको ५ लाख ९७ हजार १ सय रुपैयाँ, बुढाथुम गाविसमा १ सय ४० खेतालाको ९७ हजार रुपैयाँ, आगिन्चोक गाविसमा ४ सय ७१ खेतालाको ३ लाख २९ हजार ७ सय रुपैयाँ, फुलखर्क गाविसमा १ सय ९६ खेतालाको १ लाख ३७ हजार २ सय रुपैयाँ, मुलपानी गाविसमा ३ सय ९१ खेतालाको २ लाख ७३ हजार ७ सय रुपैयाँ र सल्यानटार गाविसमा २ सय ८८ खेतालाको २ लाख १ हजार ६ सय रुपैयाँ गरी जम्मा १६ लाख ३७ हजार ३ सय रुपैयाँ हस्तान्तरण गरिएको छ । सवै गाविसमा प्रतिव्यक्ति प्रतिदिन ७ सयका दरले रकम सहयोग उपलब्ध गराइएको हो ।
यस्तै बसेरी गाविसमा जिविकोपार्जन सुधार कार्यक्रम अन्र्तगत ११ जनालाई जिविकोपार्जन सहयोग उपलब्ध गराइएको छ । भुकम्प पछि समस्या परेका अति विपन्न, एकल महिला, घरमुली महिला, हिंसा प्रभावित महिलाहरुलाई उनीहरुको जिविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले ११ जना व्यक्तिलाई प्रतिव्यक्ति २३ हजार ४ सय ४५ रुपैयाँका दरले २ लाख ५७ हजार ८ सय ९५ रुपैयाँ सहयोग गरिएको छ ।