सहकारी व्यवस्थापन सम्वन्धि तालिम

714 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

किरान्चोक गाउँ विकास समितिको वडा नम्वर ९ जामुनेटारमा सहकारी व्यवस्थापन सम्वन्धि संचालन भएको छ । दुई दिन सम्म चल्ने तालिम आज समापन हुनेछ ।
सहकारीको इतिहास, महत्व र आवश्यकता, सञ्चालक समितिको जिम्मेवारी, भूमिका र उत्तरदायित्व, सहकारी नीति, नियम र विनियम नेतृत्व विकास सम्वन्धि जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । किरान्चोक कृषि सहकारी संस्थाको आयोजना र शान्ति नेपालको सहयोगमा मंगलबार देखि तालिमको आयोजना गरिएको तालिममा सहकारी सञ्चालक समितिका पदाधिकारी, उपसमितिका पदाधिकारीहरु गरी २३ जनाको सहभागिता रहेको छ । तालिमको पहिलो दिन सहकरीको अर्थ, विशेषता, ऐन, नियम तथा विनियम, सहकारीको सिद्धान्त, सहकारीको सञ्चालक समिति र साधारणसभाको जिम्मेवारी तथा भुमिकाका विषयमा शान्ति नेपालका फिल्ड अधिकृत राजेन्द्र चेपाङ र सामुदायिक विकास सहजकर्ता अर्चिता उप्रेतीले सहजिकरण गर्नुभएका