हावाहुरीले जिवनपुरको कृषि फर्ममा ४० लाखको क्षति

783 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

jibanpur agro damange 3

धादिङ, १८ चैत । गत सोमबार आएको हावाहुरीले धादिङ जीवनपुर–९ स्थित एकीकृत एग्रो केयर फर्ममा टनेलहरु तहसनहस भएको छ ।

फर्ममा ५० वटा टनेलमा गोलभेंडा खेती पूर्णरुपमा तहसनहस भएको एग्रोका कृष्णकुमार रेग्मीले जानकारी दिएका छन् । भूकम्प एवम् नाकाबन्दीको मार खेप्दै आएको फर्मले पुनः ठूलो क्षति बेहोर्नुपरेको भन्दै रेग्मीले दुःख व्यक्त गरेका छन् । हावाहुरीले बजार लैजान तयार हुँदै गरेको गोलभेंडा मात्र नभई उत्पादन दिइरहेको बोटहरु समेत क्षतिग्रस्त भएका छन् ।

हावाहुरीले तरकारीको बिरुवा उत्पादन गर्ने नर्सरी र बिरुवा नष्ट भएको छ । ‘झण्डै ४० लाखको क्षति भएको छ । यससँगै गत वर्ष करिब आठ लाखको लगानीमा उक्त टनेलमा जोडिएको थोपा सिंचाई प्रणालीसमेत हावा हुरीले नष्ट भएको छ,’ रेग्मीले जानकारी दिए साझा पोष्टमा खबर छ । jibanpur agro damange 1 jibanpur agro damange 2  jibanpur-agro-damange