मुरलीभञ्ज्याङमा आधारशिला तालिम

846 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA

धादिङ/ “भोकालाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाऔँ” भन्ने नारा सहित साना किसान उद्यमी सवलिकरण परियोजना अन्तर्गत मुरलिभंज्यांगमा सरोकारवालाहरुका लागि ३ दिने आधारशिला तालिम सम्पन्न भएको छ ।
तालिम एक्सन नेपाल र हेफरइन्टरनेशनल नेपालको संयुक्त साझेदारिमा नीलकण्ठ नगरपालिका वडा नं ८,९ र १० (मुरलीभञ्ज्याङ) मा सम्पन्न भएको । परियोजना कार्यान्वयन अनुगमन तथा मुल्यांकन समिति, राजनैतिक दल, स्थानीय शिक्षक, वडा नागरिक मन्चका संयोजक, बुद्दिजीवीहरुका लागि सर्वांगीण एवम् दिगो बिकासका लागि हेफरका आधारशिलाका बारेमा जानाकारी दिने उदेश्यका साथ तालिमको आयोजना गरिएको हो । तालिममा नेता, नेत्रित्व, स्व नेत्रित्व, नेत्रित्वशैलि, प्रबृती, दृष्टिकोण, व्यवहार, सकारात्मक सोच बृद्धीगर्ने पाइलाहरु, मूल्य मान्यता, नेपालमा हेफर इन्टरनेशनलले सुरु देखि संचालन गरिरहेका काम, साथै सार्वाङ्गिण दिगो बिकासका लागि हेफरका १२ वटा आधारशिलाहरु उपहार प्रदान, उत्तरदायित्व, बाँडीचुंडी उपभोग र स्याहार, दिगोपन र आत्म निर्भरता, पशुको उचित ब्यबस्थापन, पोषण स्वास्थ्य, लैंगिक र परिवार केन्द्र बिन्दु, वास्तविक आवश्यकता र न्याय, वातावरण सुधार, पूर्ण सहभागिता, तालिम शिक्षार संचार र आध्यात्मिकता लगायतका विषयमा छलफल र सहजीकरण गरिएको थियो ।
तालिमको सहजीकरण एक्सन नेपालका परियोजना संयोजक शन्त भट्टराई, परियोजनाका प्राविधिक संयोजक सुबाश खतिवडा, सामुदायिक सहजकर्ता मिना लम्साल र फत्त कुमारी श्रेष्ठले गर्नुभएको थियो ।
तालिमको अन्त्यमा सरोकारवाला सहभागीहरु मध्ये संयुक्त वडा सचिव सरोज तिवारीले तालिम आयोजक संस्था, हेफर इन्टरनेशनल नेपाल र सम्पूर्ण  सरोकारवालाहरु प्रति आभार प्रकट गर्नुभएको थियो ।