जिवनपुरमा कृषि सामग्री वितरण

868 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Krisi Samagriधादिङ/ एक्सन नेपाल र वल्र्ड भिजन इन्टरनेशनलको साझेदारीमा संचालित नेपाल भूकम्प प्रतिकार्य जीविकोपार्जन परियोजना कार्यक्रम अन्तर्गत संचालन भईरहेको विभिन्न क्रियाकलाप अन्तर्गत भूकम्प प्रभावित किसानहरुलाई जीवनपुरमा कृषि सामग्री वितरण गरिएको छ । जिल्लाका गुम्दी, सल्यानकोट र कटुञ्जेमा पनि भौचर वितरणपछि कृषि समग्री वितरण गर्ने कार्यक्रम रहेको बताइएको छ ।
कृषि सामग्रीहरुको सहयोगको लागि भौचर वितरणपछि जिवनपुर गाविस स्थित सिर्जना एग्रोभेटबाट जिवनपुरका लाभदायी किसानहरुलाई प्रति कृषक रु.सात हजार बराबरको विभिन्न कृषिसामग्रीहरु वितरण गरिएको हो ।
वितरण कार्यक्रको एक्सन नेपालका परियोजना संयोजक मुफिद आलम, वल्र्ड भिजनका कमल भट्टराई एवम्सोभन भुजु र जीवनपुर गाविसका सह सचिव राम चन्द्र मगरले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।