एउटै कोठामा दुईवटा कक्षाका विद्यार्थी

635 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वैशाख ११, – धादिङको ज्वालामुखी निम्न माध्यमिक विद्यालयका विद्यार्थी नयाँ वर्षसँगै नयाँ भवनमा पढ्न पाएर दंग थिए । भूकमपको बेला भत्किएको उनीहरुको विद्यालय भवन जापानी सहयोग नियोग (जाइका) ले बनाइदिएको हो ।

कक्षा ६ मा अध्ययनरत पूजा अछामी र उनीसँगै कक्षामा पढ्ने अन्य १४ विद्यार्थीले जाइका प्रतिनिधि विद्यालय पुग्दा सामूहिक धन्यवाद दिए ।

विद्यालयमा अझैं पनि कक्षाकोठा अभाव छ । कोठा अपूग भएर कक्षा ५ र ६ का विद्यार्थीलाई सँगै राखेर पढाइएको छ ।

गत वर्ष एक सय ४६ विद्यार्थी रहेका यो विद्यालयमा यो थप भर्ना हुँदैछन् ।

गत वर्षको बैशाख १२ गते आएको भूकम्पले नेपालभरका ९ हजार ३ सय ५३ विद्यालय भत्किएका छन् । २२ हजार ४ सय १ कक्षाकोठा पूर्ण रुपमा क्षति छन भने १४ हजार २४ कक्षा कोठा प्रभावित भएका छन । सामान्य क्षति करिब १८ हजार रहेको सरकारी तथ्यांक छ ।

सरकारले चाहेको र भनेको क्षेत्रमा जापानले सहयोग गर्दै जाने जापानी अधिकारीहरुले बताए । अन्य दाजोमा उक्त विद्यालय छिटो बनेकोले पनि अन्य विद्यालयका विद्यार्थीपनि यही विद्यालयमा भर्ना हुन आउन सक्ने प्रधानाध्यापक तुलसीप्रसाद अधिकारीले बताए । यतिबेला जापानले १२ अर्व रुपैयाँ कक्षाकोठा निर्माणमा खर्च गर्ने भएको छ । यसबाट उसले ९२ विद्यालय निर्माण गरेको छ । ऋण सहयोगमा मात्र नभएर अनुदानमा नमुना विद्यालय बनाउने पनि जनाएको छ ।

नौविसे गाविस ६ ठाटी चौरमा रहेको उक्त ज्वालमुखी विद्यालयको एक भवन जापानले पहिले नै बनाएको थियो भने भुकमपपछि त्यसको मर्मत मात्र गरेको हो । अर्को भवन पुरै पुर्ननिर्माण गरेको हो । त्यसअघि अस्थाई टहरामा कक्षा संचालन गरेको उक्त विद्यालयले शिक्षा मन्त्रालयसंग सहकार्य गरेर जापानी सहयोगमा कक्षकोठा निर्माण तथा मर्मत गरेको हो । सिधै सहयोग भन्दा पनि सरकारसंग सम्झौता गरेर आफ्नै लगानीमा निर्माण गरेका जापानी सहयोग नियोग जाइकाको सल्लाहकार काजुताका इसाकाले बताए इ कान्तिपुरमा खबर छ । ।

धादिङ बैरेनिमा रहेको इन्द्रायणी विद्यालयमा पनि उनीहरुले कक्षकोठा निर्माण गरेका छन् । उक्त विद्यालयको भवनहरु पनि चर्किएका थिए त्यसको मर्मत गर्दै इन्जिनियरिङ परीक्षण गरिदिएको हो । त्यसको एक भवन पहिले नै जापानले बनाई दिएको थियो ।