त्रासदीपूर्ण बर्ष दिन ,पिडितको बास टहरामै

738 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bhukamapa dhading 36418 02 xdhadinbesi dhansaar paakha asibir 1304615912केशव अधिकारी
धादिङ,१२ बैशाख ः गत बर्षको वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछि लगातारको शक्तिशाली पराकम्पनका कारण धादिङमा अहिले सम्म ६९ अर्व भन्दा बढीको क्षति भएको जिल्ला दैवि प्रकोप उद्धार समितिले जनाएको छ।
भुकम्प परि धादिङमा ६ सय ८० जनाले ज्यान गुमाएका थिए भने त्यसमध्ये १ सय ९८ जना १८ वर्षभन्दा मुनिका बालबालिका रहेका छन।
त्यसैगरि १ हजार ३ सय ९३ जना जना घाइते भएका थिए । अझै पनि गम्भीर प्रकृतिका घाइतेहरुका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको वताईएको छ ।
भुकम्प कारण धादिङ जिल्लाका ८८ हजार ५ सय ४१ घरधुरीमा क्षति पुगको थियो ती मध्ये ८१ हजार ३ सय १३ घर पुर्ण रुपमा ध्वस्त भएका थिए । भत्किएका अधिकांश घर अझै पनि वन्न नसक्दा भुकम्प पिडितहरुको बिच्चली भईरहेको छ ।
भुकम्पले ३ हजार ९४ घरधुरीमा आंशिक क्षति पुगेकोमा ४ हजार १ सय ३४ घरमा सामान्य क्षति भएको थियो । सामान्य क्षती भएका घर मर्मत सम्भार पछि बस्न योग्य भएपनि पूर्ण क्षती भएका घर भने वनाउन नसक्दा सर्बसाधरणको बिच्चली भएको रि गाविसका कान्छा लामा वताउनुहुन्छ ।

जिल्ला दैवि प्रकोप उद्धार समितिले तयार पारेको अभिलेखको तथ्याङकका आधारमा ३७ हजार ३ सय ६९ वटा गोठहरुमा क्षति पुगेकोमा ३९ अर्व ८१ करोड २७ लाख १७ हजार रुपैया बराबरको घरगोठ र बस्तु भाउ धादिङमा क्षती हुन पुगेको थियो । त्यसैगरि गाइ भैसी भेडा बाखा र कुखुरा र सुङगुबङगुर गरि २२ हजार २ सय ९२ पशुचौपायको मृत्यु भएको छ जुन चलनचल्तीको भाउ अनुसार अनुमानित ७ अर्व ४२ करोड, २७ लाख ४३ हजार रुपैया बराबरको हुन आएको् जिल्ला पशु सेवा कार्यालय धादिङका प्रमुख देवेन्द्र भगतले वताउनु भयो ।
भुकम्पमा परेर क्षति भएका घरहरुमा १ लाख १९ हजार ९ सय कुइन्टल खाद्यान्न पुरिएका थिए । जसलाइ जिल्ला दैवि प्रकोप उद्धार समितिले नगदमा २१ अर्व ७१ करोड १० लाख ६७ हजार क्षति भएको वताउंदै आएको छ ।
भूकम्पले गर्दा उत्तरी धादिङको विकट बस्तीहरुमा बढि क्षति पुगको छ । सडक सन्जालले पनि नछोएको उत्तरी धादिङका ५ गाउ विकास समितिहरुमा मात्रै १ सय ६३ जनाको मृत्यु भएको थियो ।
सभाषदहरुको सिफारिस समितिले पनि उत्तरी धादिङका ४७ गाउँलाइ असुरक्षित ठहर गरेको भएपनि ति गाउंबासीलाई अझै सम्म सुरक्षित स्थानमा पुर्नस्थापना गर्न नसकिएको धादिङ क्षेत्र नम्बर १ का सभासद धनवहादुर घले वताउनुहुन्छ ।
सभासद घलेका अनुसार उत्तरी धादिङका ७ सय ५० भन्दा बढी घरधुरीका परिवारहरु गाउँमा बस्नै नसक्ने भएपछि विस्थापित भएर सदरमुकाम आएका १६ सय घर परिवार सदरमुकाम आसपासका सार्वजनिक तथा तथा ब्यक्तिको जग्गामा त्रिपाल टाँगेर अस्थायी वसोवास गर्दै आईरहेका छन ।
भुकम्पले गाउंनै सखाप वनाएपछि उत्तरी धादिङको लापा,तिप्लिङ,सेर्तुङ,झार्लाङ, रिगाउंका १६ सय घर परिवार आश्रय खोज्दै सदरमुकाम आईपुगेकोमा अहिले सम्म गाउं फर्कन सकेका छैनन । राष्ट्रिय पुननिर्माण प्राधिकरणले नै पिडितको घर निर्माण गर्न दिने भनिएको अनुदान रकम वितरणमा ढिलाई हुंदा पिडितहरु गाउं फर्कन नसकेको तिप्लिङका प्रेम तामाङले वताउनु भयो ।
सरकारले एकवर्षसम्म पनि पुननिर्माणको कार्य तीव्र गतिमा गर्न नसकेको देखेपछि धादिङका कतिपय भुकम्प पिडितले जसोतसो आफै घर बनाउन थालेका छन । सरकारको आशमा एक वर्ष दुखका साथ कटाएका भुकम्प पिडित अव भने वर्खा लागेसगै ऋण काटेर भएपनि घर बनाउन जुटेका हुन । बैरेनी गाविस वडा नम्बर ८ का कृष्णबहादुर सुनार भन्नुहुन्छ –दुइ लाख पर्खिदा पर्खिदा यति धेरै समस्या भोग्नुपरेको छ, अस्थायी टहरामा बस्दा विरामी हुने, अनेकौ समस्या थपिदै गएपछि आफै घर बनाउन थालेका छौ, अव सरकारले यही घरलाई आधार मानेर अनुदान रकम दिने कार्यविधि ल्याईदिए सजिलो हुने सुनारको सुझाव छ ।
सरकारको कार्यविधि अनुसार भने सरकारी मापदण्ड विपरित घर बनाउनेलाई अनुदान रकम नदिने उल्लेख छ । अकोर्तर्फ सरकारले अनुदान रकम दिन्छ अनि घर बनाउला भनी पर्खेर बसेका भुकम्प पिडित भने पाल र जस्ताको अस्थायी टहरामा कसरी बर्खा कटाउने भन्नेमा चिन्तित बनेका छन। यसैबीच बर्खाअघि घर निर्माण नहुने निश्चित भएसगै भुकम्पपिडितका लागी अस्थायी प्रकृतिको सामुहिक सेल्टर निर्माण गरिनु पर्ने नेपाली कांग्रेसका जिल्ला नेता भक्त लामा बताउनुहुन्छ । प्रत्येक गाविसमा कम्तिमा दुइवटासम्म सामुहिक सेल्टर बनाउने हो भने पिडितहरुलाई बर्षाको बेला वासको समस्या नहुने लामाको भनाई छ ।
२०६८ सालको जनगणना अनुसार धादिङमा ७३ हजार ८ सय ४२ घरधुरी रहेकोमा भुकम्प पछि क्षति विवरण संकलन गर्दा १४ हजार ६ सय ९९ घरधुरी बढेर ८८ हजार ५ सय ४१ पुगेपछि जिल्ला दैवि प्रकोप उद्धार समिति र जिल्लाका राजनैतिक दलहरु समेत अहिले समेत अन्यौलमा परेका छन ।

समितिको तथ्याङक अनुसार भुकम्प पछि जिल्लाको लापा गाउँ विकास समितिमा ६० प्रतिशत घरधुरी बढको छ । २०६८ सालको जनगणनामा लापामा ८ सय ५३ घरधुरी रहेको थियो भने भुकम्प पछि १ हजार ३ सय ६८ घरधुरी पुगको छ । यता सेर्तुङ गाउँ विकास समितिमा भने २३ प्रतिशतले घरधुरी घटेको छ।

२०६८ सालको जनगणना अनुसार १५३० घरधुरी रहेको सेर्तुङमा भुकम्प पछि घटेर ११ सय ४२४ घरधुरी रहेको छ । घरधुरी बढेपछि दास्रो चरणको राहत वितरण कार्यक्रम पनि प्रभावित भएको छ।

अहिलेसम्म जिल्लाभर उद्धार,राहत तथा पुर्नस्थापनाका लागि सरकारी तथा अन्य निकायबाट ४ अर्ब ३२ करोड,४८ लाख १६ हजार ६ सय १ रुपैया गरिएको छ भने ८ करोड ८४ लाख ६० हजार रुपैया मृतकका परिवारलाइ राहत तथा किरियाखर्चको लागि वितरण गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदीले जानकारी दिनु भयो ।
त्यसैगरि अन्य जिल्लामा मृत्यु भएका धादिङका १६ जना मृतक परिवारलाइ ३४ लाख रुपैया राहत वितरण गरिएको छ ।