कोलोराडोमा एनआरएनको परिचयात्मक कार्यक्रम सम्पन्न

300 पटक पढिएको

प्रकाशित मिति: १९ बैशाख २०७३, आईतवार २२:०५

सम्पादक: धादिङ न्यूज

नातिबाबु भट्ट
मे १, २०१६
कोलोराडो, अमेरीका

DSC_0100एनआरएन कोलोराडो च्याप्टरको परिचयात्मक कार्यक्रम सनीबार एक भब्य समारोह बिच सम्पन्न भयो ।
एनआरएन यूएसएका अध्यक्ष डा.केशव पौडेलको प्रमुख आतिथ्यतामा, आर सी, डिआरसी तथा एनसीसी यूएसएका पदाधिकारीको आतिथ्यमा र कोलोराडो च्याप्टरको आयोजनामा परिचयात्मक कार्यक्रम सम्पन्न भएको हो ।
कोलोराडो च्याप्टरका अध्यक्ष बासुदेव खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमका अधिकांश वक्ताहरुले, नेपालीका लागी नेपाली, एक चोटीको नेपाली सधैको नेपाली भन्ने मुलनारालाई ब्याबहारमा उतार्न सकेकोमा शेष घलेको नेतृत्वलाई धन्यवाद दिएका थिए । उनीहरुले एनआरएन कुनै पनि राजनैतीक दायरा भन्दा माथी उठेर सधै अघि बढीरहन सकोस् भन्दै नेपालमा पैसा भन्दा प्रविधी लगेर बिकास गर्नु पर्ने धारणा राखेका थिए ।
यसरी मन्तब्य राख्नेहरुमा एनआरएन यूएसएका अध्यक्ष डा.केशव पौडेल, विशिष्ट अतिथी द्धय आर सीका सोनाम लामा, डीआरसीका एसी शेर्पा, त्यस्तै एनआरएन यूएसएका वरिष्ट उपाध्यक्ष कृष्ण पोख्रेल, सल्लाहकार द्धय बिआर लामा, शुनील शाह, उपाध्यक्षहरु क्रमशः डिल्ली भट्टराई, रामसी पोख्रेल, वन्दना कोईराला, रवीना थापा, महासचिव तिलक श्रेष्ठ, लगायत बिभिन्न च्याप्टर अध्यक्ष, स्थानीय संघ संस्थाका पदाधिकारी, बुद्धी जिवी तथा शुभ चिन्तकहरु रहेका थिए ।
नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाएर सुरुगरिएको कार्यक्रमा स्वागत भाषण राज ढुङ्गनाले, प्रगती प्रतिवेदन विकल पराजुलीले तथा कार्यक्रम सञ्चालन कुमार कार्कीले गरेका थिए । गायक तथा संगितकार बसन्त लम्सालले “संभावना भए केहि गाउं मै गरिखाने, कसलाई रहर हुन्थ्यो होला देश छोडी जाने” बोलको गीत र तिलक श्रेष्ठले जहां छन् बुद्धका आंखा भन्ने गीत गाइरहदा उपस्थित सबै मातृभुमी संझेर स्तब्ध भएका थिए ।
कार्यक्रममा गत बर्ष निर्वाचित च्याप्टरका पदाधिकारीहरुलाई प्रमुख अतिथी र विशिष्ट अतिथीहरुले खादा पहि¥याई प्रमाण पत्र प्रदान गरेर सम्मान गरेका थिए । कार्यक्रमको डा. विजयराज शर्माले समिक्षा गरेका थिए ।
कार्यक्रमको अन्त्यमा उपस्थित सबैलाई धन्यवाद दिदै च्याप्टर अध्यक्ष बासुदेब खनालले आºनो भावी कार्ययोजना प्रस्तुत गरेका थिए । उनले एनआएन च्याप्टर यहां सकृय संस्थाको डुब्लीकेसन नभई एउटा भिन्दै उद्धेश्यले गठन भएको बताए । उनले सबैको साथ र सहयोग भए आगामी दिनमा भाषा शिक्षा, नेपाली भाषामा डाईभर लाईसेन्स दिलाउन पहल, तथ्याङ्क संकलन जस्ता कामहरु सञ्चालनको संयोजन गर्ने बताएका थिए ।
सनीबार नै कोलोराडोमा एनआरएन यूएसए केन्द्रिय समिती बैठक, च्याप्टरका अध्यक्षहरु संगै केन्द्रिय समितीका पदाधिकारी बैठक सम्पन्न भएको छ । अमेरीकामा हाल सम्म १५ राज्यमा एनआरएन च्याप्टर गठन भई सकेको छ । विश्व भर करिव ५१ लाख नेपालीको बिचमा एनआरएनको ७१ मुलुकमा शाखा बिस्तार भईसकेको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

१९ बैशाख २०७३, आईतवार २२:०५ मा प्रकाशित

धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो । आम नागरिकलाई सूचना, समाचार, विचार, विश्लेषण र विविध विषयमा सुसूचित गर्ने ध्येयका साथ संचालनमा रहेको धादिङ न्यूज डट कम निस्पक्ष सूचना र संचारको संवाहक हो । हामी स्वतन्त्र छौं, हामी कुनै पनि राजनीतिक. सामाजिक तथा अन्य किसिमका पूर्वाग्रहबाट अलग छौं । तपाईंको सूचना र संचारको हकको लागि समाजका विकृति र विसंगतिहरू बिरुद्ध हामी निरन्तर कलम चलाइरहनेछौँ । हामीलाई सूचना जानकारी उपलब्ध गराएर हाम्रो यस अभियानमा तपाईंले पनि साथ् दिन सक्नुहुनेछ ।  धादिङ जिल्लाको सूचना, समाचार, विचार र मनोरञ्जन छिटो छरितो रूपमा विश्वभर पुर्याउनु हाम्रो मुख्य उद्देश्य रहेको छ । ‘धादिङ न्यूज’ यहाँहरू सबैको डिजिटल पत्रिका हो ।व्यवसायको लागि विज्ञापन लगानी हो,धादिङ न्यूज डट कम मा कुनै पनि विज्ञापन वा सन्देश संप्रेषण गर्न  चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 

 

समाचार

सबै

शंकास्पद गतिविधिको आशंकामा गल्छीका सुमन चितवनमा पक्राउ

चितवन । धादिङको गल्छी गाउँपालिका वडा नं १ घर भई चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने सम्राट भनिने २४ वर्षीय सुमन श्रेष्ठ पक्राउ परेका छन् । विप्लव नेत्तृत्वको नेकपा निकट रहेको अखिल (क्रान्तिकारी).....

वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो १७४ अधिकृत स्तरका कर्मचारी

धादिङ-वाग्मती प्रदेशमा रहेका १३ जिल्लाका विभिन्न स्थानीय तहका लागि वागमती प्रदेश लोक सेवा आयोगले १७४.....

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाडौं- निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै समूहले गरेको पदाधिकारी फेरबदललाई मान्यता.....

प्रहरीबाट वेनिघाटरोराङमा अफिम खेती फँडानी

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाको वडा नं १ स्थित विभिन्न गाउँमा लगाईएको प्रतिवन्धित अफिम खेती.....

माघ १४ गते देखि ७७ जिल्लाबाट एकसाथ कोरोना खोप अभियान शुरु गरिने

धादिङ-नेपालमा कोरोना खोप यही माघ १४ गतेदेखि लगाउन शुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका.....

Categories