फुलफुलेको डालि लिएर वजारमा बालकृष्ण

1015 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा बैशाख २३-लोकदोहारी गायक बालकृष्ण वाग्लेको गित फुल फुलेको डालि बजारमा आएको छ । बालकृष्णकै शब्द अनि लय रहेको गितमा गायनमा उनलाई चर्चित गायिका देवि घर्तिले साथ दिएकी छन् । निकै नै उत्कृष्ट बनेको उक्त गितको बजार व्यवस्थापन  तिर्सना म्युजिक प्रालिले गरेको छ । केहि समय  अगाडि बजारमा आएको गितको निर्देशन शंकर बि.सिको रहेको छ भने शंकरसँगै पार्वति राईले कम्मर मर्काएकी छिन् । युटुव च्यानलमा सार्वजनिक गरिएको  यस गितको म्युजिक भिडियोलाई समेत दर्शकहरुद्धारा निकै रुचाईएको छ । यसअघि बालकृष्णले गत साल बैशाख १२ को विनाशकारि भुकम्पको पिडालाई सम्झदै बजारमा ल्याएको गितले समेत राम्रै चर्चा पाएको थियो । स्याङजा जिल्लाको किचानासमा जन्मिएका गायक वाग्लेले २०५६ सालबाट नेपालि लोकदोहोरी क्षेत्रमा मेरो बिन्ती सुनिदिनु है गितमार्फत पाईला चालेका थिए भने करिब आधा दर्जन गितहरु बजारमा ल्याईसकेका छन् । लोकदोहोरी गित प्रतिष्ठान स्याङजाका पुर्व सहसचिव रहेका उनि पेशाले शिक्षक हुन । आगामि दिनमा अझै उत्कृष्ट गितहरु बजारमा ल्याउने र विशद्धु लोकदोहारी भाकाहरुको संरक्षणमा लागि पर्ने गायक वाग्लेको योजना रहेको छ ।
गितको भिडियोको लिंक www.youtube.com/watch?v=JWM7ncdnmHg