एमाओवादी फेरि फुट्ने अवस्थामा पुगेपछि फर्किए दाहाल

573 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, २३ बैशाख– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आफ्नै पार्टीका मन्त्री, तराईबाट चुनाव जितेका सांसद र तराईका नेताहरुले तिब्र दवाव दिएपछि अन्ततः एमाओवादीले सरकार फेर्ने खेल छोड्ने जनाएको छ । बिहीवार बिहान एमाओवादीका मन्त्रीहरुको भेला ऊर्जामन्त्री टोपबहादुर रायमाझीको निवासमा बस्यो र त्यही भेला सरकार ढाल्ने निर्णयबाट अध्यक्ष दाहाललाई फर्काउने कारण बन्यो ।

 

यसरी बिफल भयो
मधेसका एमाओवादी नेताले पुष्पकमल दाहाललाई बुधवार बिहान भेटेर प्रश्न गरे– ‘प्रधानमन्त्रीको चुनावका बेला तपाईंले सुशील कोइरालालाई ललकारेर तपाईं मात्रिका बन्ने कि बीपी भनेर सोध्नु भएको थियो, त्यसबेला सुशील घोसेमुन्टो लगाएर बसे । अहिले सरकार ढाल्ने खेल कहाँबाट सुरु भएको हो र यसले तपाईंलाई मोहरा बनाएर कहाँ पुर्याउन लागेको छ भन्ने हेक्का राख्नु भएको छ ?’ उनीहरुले दाहाललाई अझै र्याख्रख्ती नै पारे र भने– ‘पहिले अविश्वास प्रस्ताव राखौं भनेर तपाईंलाई शेरबहादुरले भनेका छन्, तपाईंलाई प्रयोग मात्रै गरेर सरकार ढालिन्छ । अनि नयाँ सरकार गठन गर्न दलहरुलाई आव्हान गरेपछि मधेसी मोर्चाले तपाईंको नेतृत्वलाइ अस्वीकार गर्छ । कांग्रेस र मधेसी मोर्चाको सरकार ढाल्ने कुरामा मात्रै सहमति हो, त्यसका लागि तपाईंलाई प्रयोग मात्रै गरिएको हो, होसियार हुनुहोला ।’
दाहाललाई दवाव दिएर मधेसबाट निर्वाचित सांसद र अन्य नेताहरु बिदा नहुँदै एमाओवादीका मन्त्रीहरुको भेला सुरु भइसकेको थियो ऊर्जामन्त्री टोपबहादुर रायमाझीको निवासमा सुरु भइसकेको थियो । त्यहाँ भेला भएका मन्त्री मध्ये हरिबोल गजुरेलले मात्रै सरकार फेर्ने कुराको पक्षमा उभ्याए अरु सबै मन्त्रीले एमाओवादीलाई जोकर बनाउन लागिएको वताएर पार्टी नेतृत्वलाई सरकार बदल्ने खेलबाट पछि हट्न लिखित आग्रह नै गर्ने सहमति गरे ।
मन्त्रीहरुका बीचमा दाहाललाई प्रधानमन्त्रीका रुपमा अघि सार्न भारतले गरेको प्रयोगका विषयमा पनि विस्तारमा छलफल भयो । उनीहरुले अहिले प्रचण्ड प्रधानमन्त्री बने ६ महिना भित्र अपमानपूर्वक ढालिने र त्यसबेला जनताका बीचमा लिएर जाने मुद्दा बाँकी नहुने वताएका थिए । उनीहरुले भेलामा भने– ‘सरकार ढालेपछि अहिले नै पनि प्रचण्डको नेतृत्वमा बन्न दिंदैनन्, मधेसी मोर्चासँग त्यही खालको समझदारी कांग्रेसले बनाएको छ । कथंकदाचित अध्यक्षको नेतृत्वमा सरकार बन्यो नै भने पनि कांग्रेस र मोर्चाका एजेण्डा बोकेर हिंड्नु पर्ने हुन्छ । अनि अहिले जसरी ओलीको सरकार ढालिएको थियो त्यसैगरी ढालिदिन्छन् । त्यसबेला न भारतीय विस्तारबादको विरोध गर्दा कसैले पत्याउँछन् न देशभक्तिको कुरा गर्ने अवस्था नै रहन्छ । सभा सम्मेलनमा मान्छे बोलायो भने कार्यकर्ता पनि आउँदैनन् । नराम्रोसँग हामीलाई प्रयोग गरेर बाबुरामको लाइन स्थापित गर्ने र माओवादीलाई निकम्मा बनाउने खेल छ ।’
६ महिनापछि आफूलाई हटाएर देउवालाई बनाउने र त्यसपछि गैरदलीय सरकार बनाएर चुनाव गर्ने दिल्लीको रोडम्यापमा गए यो भन्दा अघि भारतसँग टक्कर लिएर संविधान बनाएको जस पनि सबै समाप्त हुने उनीहरुको निश्कर्ष थियो ।
बैठकमा यस्तो निश्कर्ष निस्केपछि एमाओवादीका मन्त्रीहरुले पार्टी अध्यक्ष दाहाललाई भेटे । त्यसबेलासम्म एमाले उपाध्यक्ष बामदेव गौतम र दाहालले भेटवार्ता गरेका थिए । अनि दाहालले प्रधानमन्त्रीलाई मन्त्रिपरिषदको बैठक रोक्न र बेलुका सार्न खबर पठाए । त्यस लगत्तै प्रधानमन्त्री ओलीले साँझ ६ बजेसम्मका लागि क्याबिनेट बैठक स्थगित गरे । अनि सुरु भयो देउवा र दाहालको वार्ता जसमा दाहालले आफू प्रधानमन्त्री बन्न नसक्ने देउवालाई जानकारी गराए चक्रपथ डट कममा खबर छ ।