राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा धादिङमा विरामीलाई फलफूल

466 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल सरकारले पहिलो पटक मनाउने घोषणा गरेको राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा धादिङमा विरामीलाई फलफूल बितरण गरिएको छ । राष्ट्रिय पत्रकारिता दिवस मनाउन जिल्लामा गठन गरिएको मुल समारोह समितिको आयोजनामा विहिवार विहान जिल्ला अस्पतालका विरामीलाई फलफूल वितरण गरिएको हो ।
मुल समारोह समिति समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी विश्वप्रकास सुवेदी, समितिका सदस्यहरुका साथै जिल्लामा कृयाशिल पत्रकारहरुको उपस्थितीमा जिल्ला अस्पतालमा भर्ना भई उपचारमा रहेका १९ जना विरामीलाई फलफूल बितरण गरिएको थियो ।
13164424_10208839408679967_8173711103471780232_nनेपालमा पहिलो पत्रिका प्रकाशन भएको दिनको स्मरण गर्दै यस बर्ष देखि सरकारले राष्ट्रिय पत्रकारिता दिवस मनाउन शुरु गरेको हो । नेपाली भाषामा प्रकाशित पहिलो पत्रिका गोरखापत्र प्रकाशन भएको बैशाख २४ गतेलाई नेपालको पत्रकारिताको इतिहासमा महत्वपूर्ण दिनको रुपमा स्मरण गर्ने लक्ष्यका साथ पत्रकारिता दिवस मनाउन थालिएको हो । सुधारवादी राणा प्रधानमन्त्री देव शमसेरको पहलमा बिक्रम सम्वत १९५८ साल बैशाख २४ गते देखि गोर्खापत्र प्रकाशन हुन थालेको हो । यो नेपाली भाषामा प्रकाशित पहिलो समाचारपत्र हो। विसं १९५८ देखि निरन्तर प्रकाशित गोरखापत्र अहिले गणतन्त्र नेपालको बहुुुभाषी राष्ट्रिय दैनिकको रूपमा चर्चित छ।

बैशाख २३ , २४ र २५ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागिएको दिवसका क्रममा धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाउन लागिएको दिवसका क्रममा धादिङमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरिदैछ । विहीवार विहान फलफुल बितरण, सांझ सञ्चारगृहहरुमा दीप प्रज्वलन,२४ गते सरकारी कर्मचारी र पत्रकारहरुका बिच मैत्रीपूर्ण फुटवल प्रतियोगिता, दिउंसो महिला पत्रकारहरुका बिच म्युजिकल चियर गेमको आयोजना गरिने भएको छ ।