नेजाको सबै पद निर्विरोध चयन
394 पटक पढिएको

नातिबाब भट्ट
लस एञ्जलस, अमेरीका
अमेरीका नेपाल पत्रकार संघ नेजाको आईतबार सम्पन्न पाचौं अधिवेसनबाट आगामी कार्यकालका लागी सबै पदाधिकारी तथा सदस्यहरु निर्विरोध चयन भएका छन् ।
निर्वाचन समितीका संयोजक तरुण पौड्यालका अनुसार यसरी निर्वाचित हुनेहरुमा अध्यक्ष भोला आचार्य, उपाध्यक्ष गुणराज लुईटेल, महासचिव तोयानाथ दाहाल, सचिवमा अग्नि चौलागाई, कोषाध्यक्षमा शैलेश पोख्रेल रहेका छन् । त्यसैगरी क्षेत्रीय संयोजकहरुमा क्रमशः ध्रुव कु“वर, बिष्णु शितल, बिष्णुहरि घिमीरे, किरण रेग्मी चयन भएका छन् । कार्य समितीका अन्य सदस्यहरुमा सन्दिपकुमार चौधरी, बालकृष्ण जोशी, अनुज थापा रहेका छन् ।
निर्विरोध निर्वाचित कार्यसमितीका सबै पदाधिकारी तथा सदस्यहरुलाई अधिवेसनका प्रमुख अतिथी नेपाल पत्रकार महासंघका सभापति डा.महेन्द्र बिष्ट, बाडिज्य दुत ऋषी ढकाल, पशुपती फाउन्डेशनका अध्यक्ष भक्त थापा नेजाका बर्तमान अध्यक्ष गौतम दाहाल लगायतका ब्यक्तिहरुले नव निर्वाचित सफल कार्यकालको शुभकामना दिएका थिए । सोही समारोहमा नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीलाइ पदभार हस्तान्तरण कार्यक्रम पनि सम्पन्न भयो ।
आइतबार साझ नै नव निर्वाचित पदाधिकारी तथा पत्रकारको सम्मानमा डिनर तथा संस्कृतीक कार्यक्रमको आयोजना भएको थियो ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२८ बैशाख २०७३, मंगलवार ०७:५१ मा प्रकाशित