उद्यमीहरुको उल्लेखनीय सहभागिताः मुहारमा हाँसो

618 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ/ निलकण्ठ नगरपालिका वडा नं. १० चण्डेश्वरीमा साना किसान उद्यमीहरुका लागि बाख्रापालनमा आधारित उद्यमशिलता बिकाश तालिम सम्पन्न भएको छ । सहभागीहरुलाई ब्यावासायिक बाख्रापालन योजना बनाउने तरिका सिकाउँदै बनाइएको योजना अनुसार काम गर्न प्रतिबद्ध गराउने उदेश्यका साथ तालिमको आयोजना गरिएको हो ।
एक्सन नेपाल र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा संचालित साना किसान उद्यमी सवलिकरण परियोजना मुरलिभञ्ज्याङ अन्तर्गत गठित विभिन्न मूल तथा उपहार समूहका ३० जना सदस्यहरुको सहभागिता रहेको तालिममा आम्दानीका श्रोत, रोजगारी शृजनाका चरण, उद्यम गर्ने अवसरको  छनौट, बाख्रापालन उद्यमीमा हुनुपर्ने गुण, ब्यवसाय छनौटका आधार, व्यावसायिक योजना के हो ? किन आवश्यक छ र यसका भागहरुका बारेमा जानकारी गराउँदै सहभागीहरुलाई  व्यवसायिक योजना बनाउन सहजीकरण गरिएको थियो । ५ माउ बाख्रा पालिरहेका र सो भन्दा बढी माउ बाख्रा पाल्ने योजना बनाएका सदस्यहरुको बिचमा योजना बनाउन सिकाइएको थियो । तालिमको सहजीकरण एक्सन नेपालका साना किसान उद्यमी सवलिकरण परियोजना संयोजक शन्त भट्टराई, प्राविधिक संयोजक (पशु प्राविधिक) सुबास खतिवडा, सामुदायिक सहजकर्ता मिना लम्साल र सुनिता श्रेष्ठले गर्नुभएको थियो । तालिमको अन्त्यमा सहभागीहरुले आफुले सुरुवात गर्न लागिरहेको बाख्रा पालन व्यवसाय कम लगानीमा राम्रो आम्दानी गर्न सकिने र नाफा पनि राम्रो हुने भन्दै योजना अनुसार काम गर्दा अझ सफल हुने र काम गर्न सजिलो हुने भन्दै व्यवसायिक योजनालाई ऐन र ऐना को रुपमा हेर्न सकिने धारणा राखेका थिए ।