जीरे खुर्सानीका कलाकार विनोद केसीको ग्राण्डीमा उपचार हुँदै

935 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13162285_10209011677151176_325527094_nटेलिश्रृङखला ‘जीरे खुर्सानी’वाट चर्चामा आएका अभिनेता विनोद केसी सख्त घाइते भएका छन् । विभिन्न सानो एवं ठूलो पर्दामा अभिनय गर्दै आएका केसी गएको आईतबार शौचालय जाने क्रममा अचानक चक्कर लागेर घरमै ढलेका थिए ।
सुगर बढेर चक्कर लागेपछि ढलेका केसी शौचालयको भ्mयालबाट खसेको र केही समयपछि मात्रै परिवारका सदस्यले थाहा पाएका थिए । उनको टाउको र खुट्टामा गहिरो चोट लागेको छ भने स्पाइनल कडको हड्डी भाँच्चिएको छ । अहिले धापासी स्थित ग्राण्डी अस्पतालमा उनको उपचार भईरहेको छ ।
सोमवार स्पाईनल सर्जक डा. बिनोद बिजुक्क्षेको नेतृत्वमा केसीको मेरुदण्डको अप्रेशन गरिएको छ । उनको टाउकोमा २० र खुट्टामा ७ टांका लगाइएको छ । मेरुदण्डको हड्डी भाँच्चिदा ढाडको नशा च्यापिएको चिकित्सकले जनाएका छन् ।
५ दिनसम्म ओम अस्पतालमा उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि परिवारको पटक पटकको आग्रहमा केसीलाई ग्राण्डी अस्पताल लगिएको थियो । उच्च रक्तचाप समेत देखिएको केसीको स्वास्थ्यमा सुधार हुँदै आएको चिकित्सकले जानकारी दिएका छन् ।