धादिङ जिबिसमा विकास पत्रकारिता पुरस्कार कोष बनाईने

682 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१ असार (धादिङन्युज)।  जिल्लामा रहेर विकास पत्रकारितामा सक्रिय रहने संचारकर्मिहरुको प्रोत्साहनका निम्ति जिल्ला विकास समिति धादिङले हरेक बर्ष एक जना संचारकर्मीलाई विकास पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ ।
समाचार तथा लेख रचनाको माध्यमवाट जिल्लाको विकास गतिविधीलाई प्रचार प्रसार ल्याउन उल्लेखनिय भुमिका निर्वाह गर्ने संचारकर्मीलाई पुरस्कार प्रदान गर्न जिल्ला विकास समितिले विकास पत्रकारिता पुरस्कार कोषको समेत स्थापना गर्ने घोषणा गरेको छ ।
जिल्ला विकास समिति धादिङको २० औं जिल्ला परिषदले यस्तो प्रस्ताब पारित गरेको हो ।   आगामी आर्थिक बर्षदेखि शुरुवात हुने पुरस्कार  कोषको राशी भने हरेक बर्ष बढाउंदै लगिने पनि स्थानीय विकास अधिकारी न्यौपानेले वताउनु भएको छ ।