प्रेस चौतारीको केन्द्रिय समितिमा धादिङका ३ जनाको उम्मेदवारी घोषणा

773 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

13187745_1146715915381035_731476823_nकाठमाण्र्डौ-नेकपा एमाले समर्थित पत्रकारहरुको छाता संगठन प्रेस चौतारी नेपालको आठौं राष्ट्रिय अधिबेशन यहि जेठ ६ गते देखि काठमाण्र्डौमा शुरु हुंदैछ । तीन दिन सम्म चल्ने अधिबेशनले आगामी तीन बर्षका लागि प्रादेशिक संरचना सहितको नेत्तृत्व चयन गर्नेछ । पदाधिकारी र केन्द्रिय समितिको सदस्य बन्नका लागि उम्मेदवारी घोषणा गर्नेक्रम पनि शुरु भईसकेको छ ।

13221531_1050128028410520_1743318570442726768_nचौतारीको केन्द्रिय नेत्तृत्वमा पुग्नका लागि धादिङ जिल्लाबाट अहिले सम्म तीन जनाले उम्मेदवारी घोषणा गरेका छन । उम्मेदवारी घोषणा गर्नेहरुमा वहालवाला केन्द्रिय सदस्य एवम वागमती अञ्चल इन्चार्ज केशव अधिकारीले ३ नम्बर प्रदेश संयोजक एवम उपाध्यक्ष पदमा, पुर्व वागमती अञ्चल इन्चार्ज नवराज छत्कुलीले कोषाध्यक्ष पदमा र धादिङ जिल्ला समितिका पुर्व अध्यक्ष रामेश्वर कार्कीले ३ नम्बर प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन ।
उपाध्यक्ष पदका दावेदार अधिकारी र कोषाध्यक्ष पदका दावेदार छत्कुली छैटौं अधिबेशनबाट केन्द्रिय सदस्य पदमा निर्वाचित भएका थिए । सातौं अधिबेशनमा कोषाध्यक्ष पदमा छत्कुली पराजित भए भने अधिकारीले वागमती अंचलबाट केन्द्रिय सदस्य जितेका थिए । एकै जिल्लाका दुई जनाले मुख्य पदमा उम्मेदवारी घोषणा गरेपछि चौतारी नेतृत्वमा समेत यस बिषयले निकै चर्चा पाएको छ ।
13239174_1050128051743851_4830553942479767699_nतीनै जना उम्मेदवारको प्रचार प्रसार अहिले तिव्र गतिमा अघि बढेको छ । नयाँ नेत्तृत्वका लागि केन्द्रमा दुई प्यानल खडा भएपछि जिल्लाका उम्मेदवारहरु पनि को कुन प्यानलमा पर्ने हुन भन्ने कुरा धेरैको चासोको बिषय बन्न पुगेको छ ।