१२ विद्यालयका लैंगिक मैत्री योजना

1230 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सीताराम अधिकारी

 IMG_4946धादिङ -जिल्लाका ५ गाविसका १२ विद्यालयले लैंगिकमैत्री योजना बनाउने भएका छन् ।
भूकम्पपछि विद्यालयको संरचना समेत क्षतिग्रस्त भएको अवस्थामा पनि सामाजिक समावेशीकरणको आधारमा काम गर्ने भन्दै सल्यानटार, सलाङ, बसेरी, जोगिमारा र सुनौलाबजार गाविसमा रहेका १२ विद्यालयहरु लैंगिकमैत्री विद्यालय सुधार योजना बनाउन लागि परेका हुन ।  ।
शुक्रबार जिल्ला शिक्षा अधिकारी रेणुका पाण्डेले विद्यालय सुधार योजना अध्यावधिक गर्ने सम्बन्धी कार्यक्रमको उद्घाटन गर्दै विद्यालय सुधार योजनाले शैक्षिक गुणस्तरमा वृद्धि गर्ने बताउनुभयो ।
हाल विद्यालयमा भएको विद्यालय सुधार योजना नाममात्रको भएको र अव यसलाई अध्यावधिक गर्दा विद्यालय व्यवस्थापन समिति, शिक्षक, वालवालिका, अभिभावक, महिला तथा अन्य वर्ग सहभागिता गराइ निर्माण गर्ने यसलाई विद्यालयको साझा योजनाको रुपमा अघि बढाउने विद्यालयका प्रधानाध्यापकहरु प्रतिवद्ध भएका छन् ।
डिएफआइडि, भिएसओको सहयोगमा आसमान नेपालले संचालन गरेको बहिनी शिक्षाका लागि दिदि कार्यक्रममा आवद्ध विद्यालयहरुमा विद्यालय सुधार योजनालाई अध्यावधिक गरि लैंिगक मैत्री तथा सामाजिक समावेशीकरण सहयोग गर्दै आएको छ ।
विद्यालयका प्रानाध्यापकहरु सहभागि कार्यक्रमलाई विद्यालय निरिक्षक रामचन्द्र इटनीले सहजीकरण गर्नुभएको थियो ।
हालका दिनमा विद्यालयहरुमा शिक्षकसंग पाठ्यक्रम नहुने, त्रैमासिक परिक्षा भनेर चार महिनामा परिक्षा लिने जस्ता क्रियाकलापले विद्यालयको गुणस्तर शिक्षामा टेवा नपुगेकोले वास्तविकतामा आधारित योजना बनाइ लागु गर्ने गरि योजना बनानउन सहयोग गरिएको आसमान नेपालका जिल्ला संयोजक रोजिना श्रेष्ठले बताउनुभयो ।