सामाजिक परिचालकहरुलाई बैदेशिक रोजगार सम्बन्धी तालिम

594 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी– धादिङ जिल्लाका २० गाउँ विकास समितिका सामाजिक परिचालकहरुको लागी आयोजना गरीएको एक दिने वैदेशिक रोजगार सम्बन्धी पुर्नताजकीय तालिम सम्पन्न भएको छ ।
चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज सिड्स धादिङले हेल्भेटास ईन्टरकोअपरेशन नेपालको साझेदारीमा सन्चालन गरेको सुरक्षित आप्रवासन सामी परियोजना अन्गरगत सामाजिक परिचालकहरुको लागी आयोजना गरेको एक दिने पर्नुताजकीय तालिम सम्पन्न भएको छ । गरीवी निवारण कार्यक्रम अन्तरगत कार्यरत रहेका सामाजिक परिचालहरुलाई वैदेशिक रोजगारका प्रक्रियाको बारेमा जानकारी गराई गाउँ स्तरमा वैदेशिक रोजगारको प्रक्रियाको बारेमा सुचना प्रवाह गर्नको लागी तालिमको आयोजना गरीएको सामी परियोजनाका कार्यक्रम संयोजक गँगा सुवेदीले बताउनुभयो । तालिममा सहभागीहरुलाई सिड्स धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती, हेल्भेटासका जिल्ला परियोजना संयोजक कमल बहादुर रोकाय र कार्यक्रम संयोजक गँगा सुवेदीले बैदेशिक रोजगारको प्रक्रिया, संस्थाबाट प्रदान गरीने निशुल्क सीप तालिम, सुचना तथा परामर्श केन्द्रबाट प्रवाह गरीने सुचता तथा संस्थाबाट प्रदान गरीने मनोसामाजिक परामर्शको बारेमा जानकारी गराउनुभएको थियो ।