हिमाली नवीन समाज संस्था द्वारा झारलाङमा शैक्षिक सामग्री सहयोग

938 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

झारलाङ,धादिङ -काठमाडौँको गोल्फूटारमा अवस्थित हिमाली नवीन समाज संस्थाले धादिंङ जिल्लाको झारलाङ गा बि स मा प्राथमिक तहका स्कुले बालबालिकाहरुलाई लक्षित गर्दै  नियमित बिद्यालय जान अभिप्रेरित गराउने उद्धेश्यले  स्कुले झोला, कापी, पेन्सिल, कटर र ग्लिसरिन गरी चार लाख बराबरको शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।

Untitled-1 copyसरकारी निकाय तथा अन्य सरोकारवाला संस्थाहरुको पहलमा अवैधानिक बाल गृहहरुबाट उद्वार गरिएका,गाउँ, परिवार र समाजबाट बिछोडिएका बालबालिकाहरुको पारिवारिक पुनर्मिलन तथा पुनर्एकीकरण जस्ता कार्य गर्दै आएको संस्थाले गत बर्षको विनाशकारी भूकम्पपश्चात केन्द्रीय बाल कल्याण सामिति र जिल्ला बाल कल्याण समिति, धादिङको समन्वयमा र फर्गेट मि नट नामक अस्ट्रेलियन दातृ निकायको आर्थिक सहयोगमा  झारलाङ गा बि स केन्द्रीत “ परिवर्तनका संवाहक” नामक सचेतना कार्यक्रम संचालन गर्दै आइरहेको छ | हाल सम्ममा  संस्थाले धादिङको झारलाङ गा बि स मा मात्रै ५००० जना भन्दा बढी व्यक्तिहरुलाई बाल अधिकार, बाल दुर्ब्यबहार, बालबालिका ओसार पसार तथा बेचबिखन र पारिवारिक संरक्षण तथा अभिभावकीय सीपको बारेमा सचेतना दिइसकेको उक्त संस्थाका कार्यक्रम संयोजक रीजा महर्जनले बताउनु भयो |