विपद सहयोगका लागि विद्यालयमा कोष स्थापना

472 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

उत्तरी धादिङको मूलपानी गाविसका विद्यालयमा विपद व्यवस्थापवन कार्ययोजना निर्माण गरी विपद पूर्व तयारी कोष स्थापना गरिएको छ । मूलपानी गाविस सिथत महेन्द्रोदय मावि र सरस्वती प्राविले भूकम्प गएको एक वर्षपछि पूर्व तयारीका लागि कोष स्थापना गरेको महेन्द्रोदय माविका प्रधानाध्यापक कमलबहादुर थापाले बताउनुभयो । भूकम्पले विद्यालय भत्किएपछि पुनः निर्माणमा लागेको बेलामा विद्यालयहरुले विपद जोखिम व्यवस्थापन योजना बनाएका हुन् । विपद जोखिम योजना अन्तरगत विद्यालयहरुले कोष निर्माण गरी विपदको समयमा बढी समस्या पर्नेलाई सुरक्षित गरिने सरस्वती प्राविका प्रधानाध्यापक शान्ति थापाले बताउनुभयो ।
विपद पूर्वको तयारी, विपदको समयमा गरिने योजना र विपद पछिको अवस्थाहरुको विश्लेषण गरि यसबाट बच्ने उपायहरुबारे मूलपानी गाविसका पाँच विद्यालयले विपद जोखिम व्यवस्थापन योजना निर्माण गरिएको हो । केएर नेपालको सहयोगमा संचालित हरियोबन कार्यक्रम अन्तरगत सहयात्री समाज नामक गैरसरकारी संस्थाले यसको सहजीकरण गर्दै हरेक विद्यालयलाई सुरक्षित गर्नका लागि यस किसिमको योजना बनाउन सहयोग गरिएको सहयात्री समाजका सुजनराज भण्डारीले जानकारी दिनुभयो । विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, विद्यार्थीहरु सहभागि यस्तो योजना निर्माण गरिएको थियो । विपद जोखिम व्यवस्थापन योजना तत्कालै लागु गर्ने र यसवर्ष बन्ने भवनहरुलाई विपद प्रतिरोधी बनाइने योजना रहेको छ ।