बस्ती जोगाउन जैविक प्रविधिको छेकवार

736 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पहिरोको माथि रहेको बस्ती जोगाउनका लागि गाउँबासी जैविक प्रविधिमा आधारित छेकबार लगाएर सुरक्षित गर्न लागि परेका छन् ।
उत्तरी धादिङको बुढाथुम गाविस ५ बेसारे खेतबासी गाउँ जोगाउन कम खर्चिलो भूसंरक्षण तथा जैविक प्रविधि अपनाएर गाउँ जोगाउन लागि परेका हुन् । बाँस, निगालो, बावियो, अम्रिसो, खर, आदी रोपेर वा सारेर पहिरो नियन्त्रण गरिने यसबाट कम खर्च भइ वातावरण समेत संरक्षण हुने जानकारी पाएकोे आफूहरुले यसरी जैविक प्रविधि अपनाएको उपभोक्ता समितिका शंकर थापाले जानकारी दिनु भयो । पालीसेट, चेकड्याम, टेवा पर्खाल, फसाइन आदी प्रविधि अपनाएर बेसारेतको पहिरो रोकर आफूहरुको गाँउ र खेत समेतजोगाउन लागिएको थापाको भनाइ छ । सहयात्री समाज नेपालले जिल्ला भुसंरक्षण कार्यालय, केयर नेपालको हरियोबन कार्यक्रमको साझेदारीमा गाउँमै तालिम संचालन भएपछि गाउँबासी पहिरो वर्षा अघि नै पहिरो नियन्त्रणका लागि लागेका हुन् ।
स्थानीय प्रविधि भएपछि गाउँबासीलाई सजिलो र पहिरो नियन्त्रण गरि सुरक्षित हुन थोरै मात्र खर्च लाग्ने भएपछि गाउँबासी एक जुट भएको सहयात्री समाजका इन्जीनियर कमल रानाभाटले जानकारी दिनुभयो ।