छोरीलाई बेच्न खोज्ने बाबु र दलाल पक्राउ

571 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

images (1)आफ्नै छोरीलाई दलाल संग मिलेर बिक्रीका लागि भारत लैजादैं गरेको अवस्थामा नुवाकोट जिल्लाको उर्लेनी गाविस ५ का ४८ बर्षिय फुर्व भनिने विरवहादुर तामाङ धादिङको नौविसे वाट पक्राउ परेका छन ।
लामो समय देखि चेलिबेटी बेचविखन कार्यमा संलग्न रहंदै आएका झापा जिल्लाको दमक नगरपालिका वडा नम्बर ११ बस्ने ४३ बर्षिय प्रकाशकुमार आचार्यसंग मिलेर तामाङले आफ्नै छोरीलाई भारत हुंदैं कुवेत लैजाने भन्दै भारतको वेश्यालयमा बेच्नका लागि लैजादैं गरेको सूचनाको आधारमा तामाङ र आचार्य दुवै जना पक्राउ परेका हुन ।
काठमाण्डौंको नागढुंगासंग सिमाना जोडिएको धादिङको नौविसे गाविस वडा नम्बर ५ सिक्रेखोलाबाट तामाङ र आचार्यलाई प्रहरीले जेठ ११ गते पक्राउ गरेको हो । पक्राउ परेका दुवैजनासंग सोधपुछ गर्दा उनिहरुले आफ्नो अपराध स्विकार गरेकाले थप अनुसन्धानका लागि जिल्ला अदालत पेश गरेकोमा अदालतको आदेशले दुवैजना थुनामा राखिएका छन ।